ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसिसीबारे अब वास्तविक छलफल सदनमा हुन्छ : वरिष्ठ नेता पौडेल


एबीसी / संवाददाता
९ फाल्गुन २०७८, सोमबार   ४ : ४१   बजे

काठमाडौँ, ९ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरशन (एमसिसी) को विषय सडकबाट सदनमा प्रवेश गरेकाले यो विषयमा अब राष्ट्रको ध्यान संसदतर्फ केन्द्रित भएको बताउनुभएको छ ।

सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग एमसिसीका सम्बन्धमा छलफल गरी समान धारणा बनाउन क्रियाशील रहनुभएका उहाँले एमसिसीबारे अब वास्तविकरुपमा सदनमा छलफल हुने प्रतिक्रिया दिनुभयो । पूर्वसभामुखसमेत रहनुभएका पौडेलले भन्नुभयो, “एमसिसीबारे बाहिर सडकमा अफवाह र हल्ला मात्र फैलिएको छ, यो विषय संसद्मा प्रवेश पाएको छ, त्यसैले राष्ट्रको ध्यान संसद्तर्फ केद्रित भएको छ ।” जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग आज भएको छलफलपछि सञ्चारकर्मीसँग उहाँले जटिलरुपमा आइरहेको एमसिसी र देशको परिस्थितिबारे विभिन्न कोणबाट छलफल गरेको बताउनुभयो । वरिष्ठ नेता पौडेलले भन्नुभयो, “एमसिसीका विषयमा कुरा गर्दा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र विकासको अवस्था के हुन्छ भन्ने पाटोबाट गहनसँग राम्रै कुरा गरेका छौँ । सैद्धान्तिकरुपमा हाम्रो बीचमा मतभेद केही देखिएन तर केही प्राविधिक विषय पनि छन् ।”

देशसँग जोडिएको महत्वपूर्ण विषय एमसिसीबारे संसदमा प्रतिनिधित्वमा रहेका राजनीतिक दलका सबै नेतासँग आफूले कुराकानी अघि बढाएको बताउदै उहाँले भन्नुभयो, “हाम्रो पुस्ता असफल पुस्तामा परिणत भई मुलुक सङ्कटतर्फ जाने हो कि भन्ने चिन्ता भएर नेतालाई भेटेको हुँ । देश सङ्कटतर्फ नजाओस् भन्नेमै मेरो चिन्ता छ ।” अमेरिकाले नेपालको गरिबी अन्त्य गर्न तथा यहाँ उत्पादित विद्युत् बाह्य मुलुकमा निर्यातका लागि प्रसारण लाइन बनाइदिने प्रयोजनका लागि उपलब्ध गराउन लागेको सहयोगले मुलुकको आम्दानी बढ्ने, गरिबी हटाउन मद्दत पुग्ने एवं जनताले सुविधा प्राप्त गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group