ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शहीद स्माकर ‘ए’ डिभिजन लिग : बिग्रेड ब्वाइज रेलिगेशनमा


एबीसी / संवाददाता
९ फाल्गुन २०७८, सोमबार   ५ : ४९   बजे

ब्रिगेड ब्वाइज क्लब नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित हुँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेशनमा परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा सातदोबाटो युथ क्लबसँग ३-२ गोल अन्तरले पराजित भएपछि ब्रिगेड ब्वाइज क्लब रेलिगेशनमा परेको हो । ब्रिगेड ब्वाइज यस सिजनमा रेलिगेशनमा पर्ने दोस्रो टोली हो । यसअघि च्यासल युथ क्लब रेलिगेशनमा परिसकेको छ ।

त्यसैगरी ब्रिगेड ब्वाइज तेस्रोपटक रेलिगेशनमा परेको हो । यसअघि २०६३ र २०६८ सालमा रेलिगेशनमा परेको थियो । सातदोबाटोको जीतमा सुशील राई, दीपकराज सिंह ठकुरी र निरज चौधरीले एक-एक गोल गरे । ब्रिगेडका लागि भने बेर्टरान्ड इबोडे ओट्टोउ र रोशन राना मगरले एक-एक गोल फर्काए । खेलको १३औँ मिनेटमा सुशीलले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए तर खेलको १६औँ मिनेटमा ब्रिगेड ब्वाइका बेर्टरान्डले एक गोल फर्काउँदै खेललाई १-१ गोलको बराबरीमा ल्याए । त्यस्तै खेलको १८औँ मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई २-१ को अग्रता दिलाए । खेलको ५१औँ मिनेटमा ब्रिगेड ब्वाइजका रोशनले गोल गर्दै खेललाई २-२ गोलको स्थितिमा ल्याए । त्यसपछि खेलको ८७औँ मिनेटमा निरजले गोल गर्दै सातदोबाटोलाई ३-२ को जीत दिलाए । यस जीतसँगै सातदोबाटोले १२ खेलमा १८ अङ्क जोडेको छ । सातदोबाटो पाचौँ स्थानमा उक्लिएको छ । पराजित ब्रिगेड ब्वाइज १२ खेलमा ७ अङ्क जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीले त्रिशूली बजारलाई छिनभरमै बगर बनायो

रसुवा बाढी: कांग्रेसले विपद् व्यवस्थापन समिति गठन, राहत कोष स्थापना

सम्बन्धित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, दोस्रो जितको लक्ष्य

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu