ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले अध्यक्ष ओलीले भने – एमसीसीका लागि निवेदन दिने झलनाथलाई ताली बजाउँछन्, मलाई ढुंगा हान्छन्


एबीसी / संवाददाता
१३ फाल्गुन २०७८, शुक्रबार   ३ : १९   बजे

पोखरा, १३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पढाएर ढुंगा हान्न लगाएको बताउनुभयो। शुक्रबार पोखरामा आयोजित कार्यक्रममा सम्वोधन गर्दै ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भकाउन र ढुंगा लगाएको बताउनुभयो ।

उहाँले भन्नुभयो , ‘ढुंगा पनि कसलाई हान्ने भन्दा त्यही बाटोमा एमसीसी सहयोग नेपालमा ल्याइपाउँ भनेर निवेदन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, ताली बजाउँछन् ।’ ‘एमसीसी अगाडि बढाउनुपर्छ भन्ने डा. बाबुराम भट्टराई हिँड्दा ढुंगा हानिँदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिँदैन । टेबल गरेका छन् सभामुखले, ढुंगा हानिँदैन ।’ कांग्रेस–माओवादीको संयुक्त सरकारका बेला महराले टुंग्याएको र ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको भन्दै उहाँले भन्नुभयो ती सम्झौता गर्नेहरुलाई कसैले हेर्दैनन्, म बाटोबाट हिड्छु, ढुंगा हान्छन् ।

अनि थाहा हुँदैन यो के भइरहेको छ भनेर ?’ अध्यक्ष ओलीले देश कसरी बनाउने भनेर अरू पार्टीसँग विचार नरहेको समेत बताउनुभयो । ‘हामीले सरकार छाडेपछि विकासको कुरा सुन्नुभयो ?,’ उहाँले भन्नुभयो, ‘हामी सरकारबाट हटेपछि देशमा विकासको चर्चा हुँदैन, गठबन्धनको हुन्छ।’ सरकारमा रहेका नेताहरूले अरू जे भए पनि गठबन्धन कायम रहन्छ मात्र भन्ने गरेको उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो , ‘गठबन्धन केका लागि, २४ लाख खोप कहाँ हरायो, त्यसका लागि गठबन्धन ?’ सरकारसँग पैसा नभएर हात थापेर हिँडेको ओलीले बताउनुभयो । तर कसैले नपत्याएको उहाँको दाबी छ। ‘आज सरकारसँग पैसा छैन, हात थापेर हिँडेछ,’ ओलीले भन्नुभयो, ‘जता हात थाप्यो उतै ओठ लोप्राउँछ, कसैले पत्याउँदैन।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

बाढीको जोखिमबारे चीनसँग रियल टाइम सूचना आदानप्रदान भइरहेको छ : परराष्ट्र

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu