ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन – मन्त्री थापा


admin
२७ पुस २०७४, बिहिबार   २ : ५८   बजे

पोखरा, २७ पुस । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई नभएको बताउनु भएको छ ।

पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा लक्ष्मी ग्रुपको मुख्य प्रायोजनमा आजदेखि पोखरा प्रदर्शनी केन्द्रमा शुरु भएको सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेलाको उद्घाटन गर्दै उहाँले प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहाइ मत संख्याले मात्रै तोक्न सक्ने अधिकार संविधानमा रहेको स्पष्ट पार्नुभयो ।

प्रदेश सभाको कार्य सञ्चालन गर्ने स्थान तोक्ने र प्रदेश प्रमुखको नियुक्ति भने छिट्टै गरिने बताउँदै मन्त्री थापाले निजी क्षेत्रलाई अलग गरेर मुलुकको समृद्धि र आर्थिक विकास सम्भव नहुने विचार व्यक्त गर्नुभयो ।

प्रदेशसभाका सदस्य विन्दुकुमार थापाले मेला र महोत्सवले आर्थिक क्रियाकलापलाई चलायमान बनाउने बताउँदै भ्रष्टाचारलाई अन्त्य गरी अब सत्ता पक्ष र प्रतिपक्षी विकास र समृद्धिको बाटोमा अग्रसर हुनुपर्ने धारणा राख्नुभयो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, महासंघको प्रदेश नं ४ का अध्यक्ष सञ्जीवबहादुर कोइराला, प्रजिअ तारानाथ अधिकारी, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोशी लगायतका वक्ताले मेलाको उपादेयतामाथि प्रकाश पार्नुभएको थियो ।

‘लगानीको संवद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ शुरु गरिएको सो मेला माघ ८ गतेसम्म चल्नेछ । मेलामा औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, बैंकिङ, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको गतिविधि प्रदर्शनी, दैनिक उपभोग्य वस्तु, घरायसी सरसामान, लत्ताकपडा, शृङ्गारका सामानको बिक्री–वितरणका लागि २९० वटा स्टल राखिएको छ ।

मेलालाई थप आकर्षण बनाउन लोकदोहोरी, नेपालका ख्यातिप्राप्त ब्याण्डको सांगीतिक कार्यक्रम, लोक नृत्य, रत्यौली प्रतियोगिता जस्ता कार्यक्रम पनि राखिएको छ । टिकट काटेर मेला अवलोकन गर्ने एकजना भाग्यशाली दर्शकलाई मेलाको अन्तिम दिन लक्की ड्रबाट एकवटा कार दिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group