ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफूमाथि लगाइएका आरोप पुष्टि गर्न एमालेलाई सभामुखको चुनौति


एबीसी / संवाददाता
१८ फाल्गुन २०७८, बुधबार   ५ : ०३   बजे

काठमाडौँ, १८ फागुन । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले सभामुखमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौति दिएको छ । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार एक प्रेस नोट निकालेर देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा सभामुखले बोल्दै नबोलेको विषय समेटिएको भन्दै पुष्टि गर्न चुनौति दिनुभयो ।

जारी प्रेस नोटमा भनिएको छ, ‘उहाँले बोलेको भनि प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं ।’ न्यौपानेले निश्चित परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनुभएका सभामुखविरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार गरिनु खेदजनक भएको बताउनुभयो । आफ्नो राजनैतिक अभीष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तवरले सभामुखविरुद्ध भ्रम सिर्जना गर्न खोजिएको उल्लेख छ । सभामुखले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

साथै सचिवालयले सभामुखलाई जोडेर गरिएको भ्रमपूर्ण प्रचारलाई राजनीतिक पूर्वाग्रहको संज्ञासमेत दिएको छ ।
मंगलबार एमसीसी अनुमोदन भएपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न नेकपा (एमाले) ले जारी गरेको प्रेस विज्ञप्तिमा सभामुखका कारण संसदमा अहिलेको गतिरोध सिर्जना भएको आरोप लगाइएको थियो । सभामुखले कुनै समयमा एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेको आत्महत्या गर्छु भन्ने अभिव्यक्ति दिएको दाबी गर्दै एमालेले यस्तो व्यवहारले पदीय कर्तव्य भन्दा पनि दल विशेषको आज्ञापालन गर्ने देखिएको उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group