ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साताको नेप्से : उच्च अंकको गिरावट, लगानीकर्ताको १ खर्ब ६२ अर्ब पुँजी गुम्यो


एबीसी / संवाददाता
१९ फाल्गुन २०७८, बिहिबार   २ : ५३   बजे

काठमाडौँ, १९ फागुन । पछिल्लो एक सातामा नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । नेप्से यो सातामा तीन दिन मात्रै कारोबार भएको छ । तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४ दशमलव ०४ अंकले गिरावट आएको छ । गत हप्ताको बुधबारदेखि नेप्सेमा निरन्तर रूपमा गिरावट आएको छ ।

नेप्से परिसूचकमा गत साताको अन्तिम कारोबारको दिन बिहीबार २ हजार ६६१ दशमलव ४४ विन्दुमा रोकिएको थियो । यो साताको बुधबार कारोबारसम्मको कारोबारमा ६३ अंक भन्दा बढीले गिरावट आएर २ हजार ५४७ दशमलव ०४ विन्दुमा खुम्चिएको छ । प्रतिशतका हिसाबले हेर्दा पछिल्लो तीन दिनको कारोबारमा नेप्से परिसूचक ४ दशमलव ३ प्रतिशत गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक ७ दशमलव ७३ अंक घटेको थियो । आइतबार सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ७३ अंक, फ्लोट इण्डेक्स शून्य दशमलव ६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ४६ अंक घटेको थियो । उक्त दिन कारोबारमा आएका २२४ कम्पनीको ७० लाख ४० हजार कित्ता शेयर ३ अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै सोमबार पनि नेप्से परिसूचक १ दशमलव ६२ प्रतिशतले घटेर २ हजार ६१० दशमलव ६० विन्दुमा झरेको थियो । यस दिन कारोबारमा आएका २२७ कम्पनीको ७८ लाख ३४ हजार कित्ता शेयर ३ अर्ब ६६ करोड १ लाख ८९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । मंगलबार महाशिवरात्री भएकाले बन्द भएको नेप्से बुधबार ६३ भन्दा बढी अंकले घटेर २ हजार ५४६ दशमलव ६० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११ दशमलव ५२ अंक, फ्लोट इण्डेक्स ४ दशमलव ३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३ दशमलव ६१ अंकले गिरावट आएको छ । बुधबार कारोबारमा आएका २२८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बिहीबार शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसारमा सरकारले सार्वजनिक विदा दिएकाले नेप्से कोरोबार पनि बन्द रहेको छ ।

बुधबारसम्म तेब्बर अंकले गिरावट आएको शेयर बजारमा लगानीकर्ताले १ खर्ब ६२ अर्ब २ करोड अधिक पुँजी गुमाएका छन् । गत साताको अन्तिम कारोबारसम्म ३७ खर्ब ६९ अर्ब ६३ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण बुधबारको कारोबारपछि ३६ खर्ब ७ अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group