ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा नेपाल र पीएनजी भिड्दै


एबीसी / संवाददाता
१४ चैत्र २०७८, सोमबार   ८ : ४३   बजे

काठमाडौँ, १४ चैत । त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले आज सोमबार पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले त्रिवि क्रिकेट मैदानमा पीएनजी सामना गर्नेछ । नेपाल र पीएनजीबीचको खेल दिउँसो १२स्३० बजे सुरु हुनेछ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्विप भएको नेपाल टी-ट्वान्टी सिरिजमा त्यसको बदला लिने लक्ष्यमा रहने छ । तर, पीएनजीलाई हराउँन सहज छैन ।

यसअघि नेपाल र पीएनजी एक पटक टी-ट्वान्टी अन्तर्राष्ट्रिय आमनेसामने भएका छन् । सन् २०१५ मा नेपालले आईसीसी टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा पीएनजीसँग खेलेको थियो । ७ वर्षअघि भएको खेलमा नेपाल लजास्पद हार व्यहोर्न पुगेको थियो । डब्लिनमा भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो । सात वर्षअघि खेलिएको खेलका २ खेलाडी मात्र अहिले पीएनजीविरुद्धको खेलका लागि उपलब्ध हुने छन् । उक्त खेलमा प्लेइङ-११ मा रहेका २ खेलाडीले सन्यास लिएका छन् भने सोमपाल कामी र करण केसी मात्र सोमबार पीएनजीविरुद्धको लागि राष्ट्रिय टिममा हुने छन् । पीएनजीको टिममा भने उक्त खेलका ५ खेलाडी सामेल छन् । नेपाल र पीएनजी दुवैले एक एक पटक टी-ट्वान्टी विश्वकप खेलेका छन् । नेपालले सन् २०१४ मा टी-ट्वान्टी विश्वकप खेल्दा पीएनजीले भने गत संस्करणको विश्वकपमा सहभागिता जनाएको थियो ।

पीएनजीले पछिल्लो ६ टी-ट्वान्टी खेलमा जित निकाल्न सकेको छैन । नेपाल भने पछिल्लो ५ खेलमा ४ जित निकाल्दा १ खेलमा मात्र पराजित भएको छ । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु मैदानमा नेपालको रेकर्ड राम्रो छ । नेपालले त्रिवि क्रिकेट मैदानमा ८ खेल खेल्दा ७ खेलमा नतिजा आफ्नो पक्षमा पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २२ पुग्यो, ६५ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि नेकपाद्वारा केन्द्रीय समन्वय समिति गठन

सम्बन्धित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, दोस्रो जितको लक्ष्य

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu