ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन हुने पक्का भएको दावी : अध्यक्ष दाहाल


एबीसी / संवाददाता
१६ चैत्र २०७८, बुधबार   १२ : ५९   बजे

काठमाडौँ, १६ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन हुने पक्का भएको दावी गर्नुभएको छ । आज चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले तीन तहका निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धन हुन बताउनुभएको हो ।

उहाँले आफ्नो दलको प्रभाव रहेकाले भरतपुरको मेयरमा माओवादीको दावी कायम रहेको पनि बताउनुभएको छ । उहाँले नेपाली कांग्रेसले गठबन्धन गर्ने निर्णयसँगै अब कुन पालिकामा कसलाई समर्थन गर्ने भन्नेबारे बैठक बसेर टुंगो लगाउने बताउनुभयो । महानगर र उपमहानगरमा गठबन्धन दलहरुले छलफल गर्ने र सोही अुनसार टुंगो लगाउने प्रचण्डको भनाइ छ । गठबन्धनको भोलि बैठक बस्ने र यसबारे निर्णय हुने बताउँदै उहाँले चुनावतर्फ सबै राजनीतिक दल लागिसकेको बताउनु भयो । निर्वाचन हुने सुनिश्चत भएको र नेकपा माओवादी केन्द्र पनि यसको तयारीमा जुटिसकेको बताउँदै पार्टीकै निर्णय अनुसार गठबन्धन हुने प्रचण्डको भनाइ छ ।

उर्जामन्त्री पम्फा भुषाल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित प्रचण्ड चितवन आउनुभएको हो । उहाँले आज राप्ती नगरपालिकामा हर्दी विद्युत सवस्टेशनको उद्घाटन गर्ने, भरतपुर महानगरमा नारायणी तटबन्ध र पश्चिमतर्फको रिङरोड खण्ड शिलान्यस गर्ने र भरतपुर २२ धनौजीमा कभर्डहल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu