ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ वटा महानगरको उम्मेदवारको नामावली प्रकाशित पछिमात्र मतपत्र छापिने


एबीसी / संवाददाता
१० बैशाख २०७९, शनिबार   ७ : २०   बजे

काठमाडौँ, १० बैशाख । स्थानीय तह निर्वाचन अन्तर्गत ६ वटा महानगरपालिकामा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने भएको छ । आयोगमा शनिबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यसलाई आयोगको पूर्वनिर्णय बताउनुभएको छ । जसअनुसार ६ वटा महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र छापिनेछ ।

यसो हुँदा राष्ट्रिय दलहरूले समेत जुन-जुन पदमा उम्मेदवारी दिन्छन्, त्यहाँ चुनाव चिह्न रहनेछ । उम्मेदवारी नदिएको पदमा चुनाव चिह्न हुने छैन । प्रमुख आयुक्त थपलियाले आचारसंहिता उल्लंघन गर्नेहरूलाई आयोगले स्पष्टीकरण सोधिरहेको बताउनुभयो । स्पष्टीकरण सोधिएकाहरूलाई जवाफअनुसार कारबाही गरिएको जानकारी दिइने उहाँले जानकारी दिनुभयो ।

प्रमुख आयुक्त थपलियाले राजनीतिक दलहरूलाई महिलाको उम्मेदवारी कम हुनेभन्दा बढाउनेतिर लाग्न आग्रह गर्नुभयो ।
स्थानीय तह निर्वाचन ऐनमा एकल उम्मेदवार दर्ता गर्ने राजनीति दलले महिला नै उठाउनुपर्ने व्यवस्था नभए पनि महिलालाई प्राथमिकता दिन उहाँको आग्रह थियो । कुनै राजनीतिक दलले ५० प्रतिशत महिला उम्मेदवार उठाउनुपर्ने कानुनी व्यवस्था ख्याल गर्दै उम्मेदवारी दर्ता गराउनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो ।

थपलियाले ‘गठबन्धन’ भन्ने शब्द आयोगको कानुनमा नभएको भन्दै जुन चिह्नबाट उम्मेदवारी दिइन्छ सो उम्मेदवार सोही दलको हुने उहाँको भनाइ थियो । यसैबीच आइतबार र सोमबार हुने उम्मेदवारी दर्ताका क्रममा निर्वाचन आयोगले दल तथा उम्मेदवारका झण्डा र तथा चुनाव चिह्न लगायतका वस्तु प्रर्दशनमा कडाइ गर्ने निर्णय गरेको छ । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिकराम शर्माले आमसभा र मोटरसाइकल र्‍याली जस्तामा झन्डाहरूको अत्याधिक प्रयोगमा रोक लगाउने निर्णय गरिएको बताउनुभयो ।

उम्मेदवारी दर्तापछि पार्टी र उम्मेदवारको चिह्न अंकित कपडा, भेस्ट, टिसर्ट, क्याप वा झोला बोकेको पाइए कारबाही हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group