ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दा भएको दावी : अध्यक्ष ओली


एबीसी / संवाददाता
१३ बैशाख २०७९, मंगलबार   ४ : ३७   बजे

काठमाडौँ, १३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्रलाई गालीगलौजको पुलिन्दा भएको दावी गर्नुभएको छ । आज  ललितपुरको सानेपामा मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दामात्र भएको दावी गर्नुभएको छ ।

उहाँले नेपाली काँग्रेसको चुनावी घोषणापत्रमा नेकपा एमालेलाई गालीगलौज गरेको, राष्ट्रपतिमाथि आरोप लगाएको र एमालेको राजनीतिक दस्ताबेज चोरेको आरोपसमेत लगाउनुभयो । अध्यक्ष ओलीले उहाँले २०६२/०६३ मा सँगै आन्दोलनमा उत्रिएको नेपाली काँग्रेसलाई सन्चो नहुनुको कारण सोध्नुपर्ने बेला भएको बताउनुभयो । उहाँले पार्टीको घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा नभएको, र नेकपा एमालेको घोषणापत्र सारेको आरोप समेत लगाउनुभयो । उहाँले नेपाली काँग्रेससँग अहिले कुनै राजनीतिक एजेण्डा र देश विकासको योजना नभएको र काँग्रेसमा देश विकास, नीति, नियम, गिरिजाप्रसाद कोईराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको देहान्तसँगै सकिएको भान हुन थालेको बताउनुभयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाली काँग्रेसले घोषणापत्र भन्ने शीर्षक छ बाहिर । बाहिर शीर्षक, भित्र गाली पुराण भन्ने अहिलेसम्म सुनेको थिएन, भित्र गाली पुराण छ । यो तथानाम एमालेलाई गाली, धारे हात लाएर, सरापेको छ । नेपाली काँग्रेसले, नेपाली काँग्रेसका कार्यकर्ताहरुले सरकार बनाउला भन्ने कत्रो सपना देखेका थियौँ, नेकपा एमलेका कारणले हाम्रा सपनाहरु ध्वस्त भए ।

हाम्रो सपना ध्वस्त पार्ने त्यस्तो अपराधी हो नेकपा एमाले भन्ने लेख्छ चुनाव घोषणापत्रमा । कुनै गन्तव्य हुँदैन । उत्ताउलो विकास । एमालेले हिमालका चुचुरामा चुच्चे रेल कुदाउने गफ गर्छ रे । हाम्रा खोला खोल्सीहरुमा ठूला पानी जहाज चलाउने गफ हान्छ रे घोषणापत्रमा लेखेको । के भएको नेपाली काँग्रेसलाई । एउटाले लेखेको भए पनि लेख भन्ने हुन्थ्यो । पार्टीको घोषणापत्र यति साह्रो बिसन्चो । सभ्यता, शिष्टता, मर्यादाको कुरा छैन । राष्ट्रपतिलाई शेरबहादुरलाई प्रधानमन्त्री बनाउन छोडेर केपी ओलीलाई किन प्रधानमन्त्री बनाएको भनेर घोषणापत्रमा लेख्छ । राष्ट्रपतिमाथि हमला गरेको छ । नेपाली काँग्रेसलाई सन्चो छ कि छैन ? एकपटक घोषणा गर्न भन्दा अघि सोध्न मन लागेको छ । राजनीतिक, संवैधानिक, कानूनि कुरा गर्नुपर्‍याे नि । अधिकांश घोषणापत्र त्यस्तै छ । अर्को पाटो संविधानका राम्रा कुराहरु ठाउँठाउँबाट निकालेको छ । संविधानबाट टिपदै राख्दै गरेको छ । अर्को पक्ष पनि छ । एमालेको घोषणापत्र नक्कल गरेर सारेको छ । चोर विद्यार्थीले चिट चारेझैँ अर्काको लेख्दा आँखा उता हात यता हुँदा छड्को अक्षर भएका छन् । त्यसमा एमालेमाथि तथानाम गाली, संविधानका केही कुराको उतार, अर्को एमालेको कपी । त्यही पनि कुशल विद्यार्थीको चिट चोराइ छैन । लद्दु विद्यार्थीको लद्दु चिट चोराइ छ । हेर्दा हेर्दै काँग्रेस के भएको ? काँग्रेसँग राजनीति छैन, सकियो । देश विकसको कुनै योजना र एजेण्डा छैन त्यो पनि सकियो । गिरिजाप्रसाद, कृष्णप्रसाद भट्टराई र गणेशमानजीहरुले आफू बित्दा काँग्रेसका नीति, विचार, सिद्धान्त सबै लिएर जानुभएछ । केही छैन अहिले काँग्रेससँग ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग देश विकास गर्ने कुनै एजेण्डा नभएको आरोप लगाउनु भयो । उहाँले सुशासन वा साशन कसरी सञ्चालन गर्ने भन्ने बारेमा पनि प्रधानमन्त्रीसँग कुनै योजना नभएको बताउनु भयो । अध्यक्ष ओलीले नेपाली काँग्रेस अहिले गठबन्धन नामको कुहिएको लौरोको भरमा रहेको बताउनुभयो । उहाँले गठबन्धन नामको कुहिएको लौरो आसन्न स्थानीय निर्वाचनबाट सकिने दावी समेत गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाली काँग्रेसका सभापति, सम्माननीय प्रधानमन्त्रीलाई तपाईको देश बनाउने एजेण्डा के छ रु भनेर सोध्नुस् । लोकतन्त्रको सम्बन्धमा तपाईको एजेण्डा के छ भनेर सोध्नुस् । सुशासन वा शासन सञ्चालन कसरी गर्ने भनेर सोध्नुस् । उहाँको जवाफ तपाई बढ्ता बोल्दै हुनुहुन्छ, नेपाली काँग्रेससँग कुनै एजेण्डा छैन भन्ने थाहा हुँदा हुँदै सोध्ने भन्ने आउँछ, नपत्याए गएर सोध्नुहोस् । नेपाली काँग्रेसलाई होच्याउन खोज्ने भन्नुहुन्छ । उससँग जनताको बारेमा सोच छैन । उसले सत्ता बुझ्छ र फेरि पनि सत्ता टिकाइराख्न यो गठबन्धन नामको कुहिएको ढोडको लौरो आवश्यक छ भन्ने ठान्छ । यो कुहिएको ढोडको लौरो यही ३० गतेको चुनावमा खलास हुन्छ । त्यसपछि काँग्रेस हातको लौरो त छैन त्यस हालतमा हुन्छ ।’

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र पार्टी नभई केन्द्र भएको दावी गर्नुभयो । चुनाव घोषणापत्र निकाल्न नसक्ने पार्टी नहुने उहाँको तर्क थियो । अध्यक्ष ओलीले चुनावी घोषणापत्र किन ननिकालेको भन्ने प्रश्न सोध्न पनि आग्रह गर्नुभयो । उहाँले माओवादीले के गर्छ, के गर्न खोज्दैछ भन्ने कुराहरु भन्न नमिल्ने र झुट बोल्ने बाँकी कुरा नभएकोले ननिकालेको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपालमा अहिले माओवादी भन्ने पार्टी चुनावमा जाँदैछ । हुन त त्यो माओवादी पार्टी होइन, केन्द्र हो । यस्तो सेन्टरहरु विभिन्नले खोलेका छन् नि । यस्तै माओवादी एउटा सेन्टर हो । त्यसले चुनाव घोषणापत्र नै निकालेन । माओवादीको चुनाव घोषणापत्र छैन । काँग्रेसले निकालेकै छ भइगयो नि भन्नेछ । माओवादी अब पार्टी भयो त केन्द्र नभएर । सोध्नुस् न किन ननिकालेको, के गर्छ रु उसले भन्दा भन्नै मिल्दैन उसले गर्ने कुरा कसरी निकाल्नु घोषणापत्र रु माओवादीले के गर्छ, के गर्न खोज्दैछ भन्ने कुरा त्यो उसले भन्ने मिल्दैन । सधैँ झुटो लेख्न पनि त गाह्रो । हुन त माओवादीलाई उल्टा कुरा गर्न गाह्रो त छैन । अफ्ठ्यारो त लाग्दैन तर । यसपल्ट गाह्रै परेछ । उसले चुनाव घोषणापत्र निकालेन ।’ अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई फाटोवादी, चोइटोवादी भएको आरोप लगाउनुभयो । उहाँले हतारमा घोषणापत्र निकालेको समाजवादीको घोषणापत्रमा केही तुक नरहेको दावी गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘फाटोवादी, चोइटोवादीले आफूलाई एकीकृत नाम राखेको छ र प्रतिक्रियावादीको पुच्छर भएको, प्रतिगामी शक्तिले आफूलाई समाजवादी भन्ने नाम राखेको छ । त्यसले हतारिएर घोषणापत्र निकाल्यो । त्यो घोषणापत्रमा केही पनि छैन । अध्यक्ष ओलीले अहिलेको गठबन्धन अपराधका लागि बनेको अपराधी गठबन्धन भएकोले चुनाव सार्ने गाड्यन्त्र भइरहेको बताउनुभएको छ । तर नेकपा एमालेले चुनाव सार्न नदिने उहाँले स्पष्ट पार्नुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यहि वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उत्तेजक नबनीकन अगाडि बढ्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group