ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेनु दाहाललाई जिताए गठबन्धन १५ वर्षसम्म जान्छ, नत्र दुर्घटना हुन्छ : अध्यक्ष दाहाल


एबीसी / संवाददाता
२२ बैशाख २०७९, बिहिबार   ४ : ३७   बजे

काठमाडौँ, २२ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकामा रेनु दाहाललाई जिताए गठबन्धन १५ वर्षसम्म जाने बताउनुभएको छ ।

चितवनमा भएको गठबन्धनको सभालाई सम्बोधन गर्दै उहाँले भरतपुरमा रेनु दाहाललको टीमलाई जिताएमा अहिले भइरहेको गठबन्धन १० देखि १५ वर्षसम्म जाने बताउनुभयो । ‘रेनु दाहाललाई जिताए गठबन्धन १५ वर्षसम्म जान्छ,’ उहाँले भन्नुभयो, ‘चितवनमा कांग्रेसको भोट माओवादीमा ट्रान्सफर गर्न कठिनाइ भएको छ, त्यसो भए देश दुर्घटनामा जान्छ ।’

गठबन्धन राष्ट्र, गणतन्त्र, लोकतन्त्रको आवश्यकताका लागि भएको बुझ्न आग्रह गर्दै उहाँले कांग्रेस कार्यकर्ताले पनि मन फुकाएर मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले रुखको भोट हसिया हथौडामा ट्रान्सफर गर्न गाह्रो भएको र त्यसमध्येको एक जिल्ला चितवन भएको स्मरण गर्नुभयो । ‘हसिया हथौडाको भोट रुखमा सहज गए पनि रुखको भोट हसिया हथौडामा जान सकस भएको देखेँ,’ उहाँले भन्नुभयो, ‘अन्तन्त सकस हुनेमध्येको ठाउँ भनेको चितवन र मधेश हो ।’

नेपाली कांग्रेसका कार्यकर्ताले असन्तुष्टि जनाएकोमा जवाफ दिँदै अध्यक्ष दाहालले नेपालको इतिहासलाई नजिकबाट बुझ्ने कोसिस गर्न आग्रह गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो, ‘विस्तृत शान्ति सम्झौता लगायतका २०४६ र २०६२/६३ सालमा भएका आन्दोलनमा रुख र हसिया हथौडाको सम्झौता गतल भन्न सक्नुहुन्छ ?’

अध्यक्ष दाहालले कांग्रेस र अन्य पार्टीका कार्यकर्ताले साथ दिए गठबन्धन नछुट्ने बताउनुभयो । आफूमाथि फेरि एमालेसँग मिल्न जान्छ कि भन्ने आशंका गरिएकोप्रति उहाँले ज्ञान प्राप्त गरेर आएकाले अब त्यस्तो नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘म ज्ञान प्राप्त गरेर आएको छु, मलाई शंका नगर्नुस् ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group