ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी कांग्रेसको प्रतिष्पर्धी होइन : वरिष्ठ नेता पौडेल


एबीसी / संवाददाता
२२ बैशाख २०७९, बिहिबार   ६ : ०२   बजे

काठमाडौँ, २२ बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (माओवादी केन्द्र) कांग्रेसको प्रतिष्पर्धी नभएको बताउनुभएको छ । बिहीबार चितवनको भरतपुरमा आयोजित चुनावी सभामा बोल्दै नेता पौडेलले यस्तो बताउनुभएको हो ।

नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेता जगन्नाथ पौडेलसँग भेटेको बताउँदै उहाँले नेपाली कांग्रेसको प्रतिष्पर्धी माओवादी नभइ नेकपा (एमाले) भएको बताउनुभयो । वरिष्ठ नेता पौडेलले मेयरका उम्मेदवार पौडेल पक्षहरू आफ्नो तर्क सुन्न नचाहेको र इमोशनमा, भावावेशमा, एउटा उत्तेजनामा उम्मेदवारी दिइरहेको आरोप लगाउनुभयो । कांग्रेसको अहिलेको प्रतिष्पर्धा एमालेसँग भएको र ओली प्रवृतिसँग आफ्नो असहमति र द्वन्द्व रहेको उहाँको भनाइ छ ।

वरिष्ठ नेता पौडेलले आफूलाई केही नेता, कार्यकर्ताहरूले नपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग मिल्न गएको भन्ने आरोप लगाइरहे पनि त्यो यथार्थ नभएको जिकिर गर्नुभयो । पौडेलले गठबन्धनको आह्वान प्रधानमन्त्री देउवाले भन्दा पहिला आफूले गरेको उद्घोष गरेको स्मरण गराउनुभयो । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरंकुशतातिर देशलाई लैजान थालेपछि आफूले नै गठबन्धनको आह्वान गरेको उहाँको भनाइ छ ।

वरिष्ठ नेता पौडेलले जनताको मतबाट चुनिएर आएका नेताहरूबाट नै प्रजातन्त्रमाथि खतरा रहेको भन्दै त्यसको निमित्त बनेर ओली आएको आरोप लगाउनुभयो । नेपालको विकासलाई ओलीले अल्मल्याएर देशको राजनीतिलाई अस्थिरतातर्फ लगेको उहाँको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu