ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावपछि जेठ पहिलो साताबाटै इन्धनको मूल्य हृवात्तै बढ्ने : निर्देशक थानी


एबीसी / संवाददाता
२२ बैशाख २०७९, बिहिबार   ६ : १४   बजे

काठमाडौं, २२ बैशाख । चुनावको बेलामा सरकारको विरोध हुन सक्ने भन्दै हिजोआज आयल निगमले इन्धनको मूल्य बढाएको छैन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर भारतीय आयल कर्पोरेसन (आईओसीले) नयाँ मूल्य सूचि पठाए पनि निगमले २२ चैतदेखि मूल्यवृद्धि गरेको छैन ।

आईओसीले पठाएको नयाँ मूल्यसूचीका आधारमा हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको निगमले हाललाई स्वचालित मूल्य प्रणाली रोकेको छ । ३० वैशाखको स्थानीय निर्वाचनपछि भने स्वचालित मूल्य प्रणालीलाई नै निरन्तरता दिने निगमका कार्यकारी निर्देशक उमेश थानीले बताउनुभयो । त्यसका लागि अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निगमलाई अनुमति दिइसकेको उहाँको भनाइ छ । ‘प्रधानमन्त्री र अर्थमन्त्रीले अगाडि बढ्न भनिसक्नुभयो । हामी जेठ पहिलो साताबाटै डिजेल पेट्रोल परल मूल्यमै बिक्रीमा जान्छौं,’ उहाँले भन्नुभयो, ‘तत्काललाई निगम जोगाउन अरु कुनै उपाय नभएपछि मूल्य बढाएरै जानु पर्ने देखियो ।’ स्थानीय निर्वाचन लगत्तै निगम सो निर्णयमा पुगे पेट्रोल र डिजेलको उपभोक्ता खुद्रा बिक्री मूल्य प्रतिलिटर १८३ रुपैयाँ भन्दा धेरै पुग्नेछ । १८ वैशाखमा प्राप्त आईओसीको नयाँ बिक्री मूल्य अनुसार नेपालमा पेट्रोलको लागत मूल्य १८३ रुपैयाँ २ पैसा र डिजेलको १८३ रुपैयाँ १३ पैसा छ । निगमले अहिले पेट्रोल प्रतिलिटर १६० र डिजेल प्रतिलिटर १४३ रुपैयाँमा बिक्री गर्दै आएको छ । जेठपछि भने एकैपटक हृवात्तै मूल्यवृद्धि गर्ने निगमको तयारी छ । हालको बिक्री मूल्यलाई परल मूल्यमा लगिए पेट्रोलको मूल्य लिटरमा २३ रुपैयाँ २ पैसा र डिजेलको मूल्य ४० रुपैयाँ १३ पैसा प्रतिलिटर एकै पटकमा वृद्धि हुनेछ । खाना पकाउने ग्यास र हवाइ इन्धन तथा मट्टितेलको मूल्यमा भने स्वचालित प्रणाली तत्काल लागू नहुने निगमले जनाएको छ । महँगो मूल्यका कारण निगमको मासिक घाटा १० अर्ब नाघ्ने र इन्धन किनेकै पैसा भुक्तानी गर्न नसक्ने अवस्था आएपछि मूल्यवृद्धि निर्विकल्प भएको कार्यकारी निर्देशक थानीको दाबी छ ।

सरकारले अपुग रकम जुटाउन सहयोग नगरेपछि निगमले इन्धन खरीदको रकम भारतीय आयल कर्पोरेसन (आईओसी) लाई तिर्न नसकेर यो महिना उधारो राख्ने अवस्था आएको छ । अंग्रेजी महिनाको ८ तारिखमा आईओसीलाई तिर्नुपर्ने २६ अर्बमध्ये १३ अर्ब रुपैयाँ अपुग भएको निगमका नायव कार्यकारी निर्देशक एवम् आर्थिक विभाग प्रमुख नागेन्द्र साहले बताउनुभयो । सरकारलाई ऋण खोजिदिन आग्रह गरे पनि नपाएपछि छ कुल भुक्तानीको ५० प्रतिशत अर्थात १३ अर्ब रुपैयाँ मात्रै भुक्तानी गर्न लागिएको साहले बताउनुभयो । ‘तिर्नुपर्ने २६ अर्ब हो, हामीसंघ १३ अर्बमात्रै आन्तरिक बिक्रीबाट उठ्ने भयो’ नायव कार्यकारी साहले भन्नुभयो ‘कुनै उपाय नलागेपछि अर्को पटक तिर्ने गरी आईओसीलाई १३ अर्ब उधारो राख्ने अवस्थामा पुग्यौं ।’ सरकारी बैंक वा अन्य कुनै कोषबाट निगमलाई ऋण लिन पठाइएको प्रस्ताव अर्थ मन्त्रालयमा अड्किएको निगमले जनाएको छ । वैशाख १८ को नयाँ मूल्यपछि निगम अहिले मासिक १० अर्ब रुपैयाँ भन्दा बढी घाटामा रहेको भन्दै साहले जेठमा स्वचालित मूल्य प्रणाली लागू भएपछि उधारो तिर्न सकिने आशा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group