ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कवि–पत्रकार तारकिणीका लागि सहयोगको अपिल


एबीसी / संवाददाता
२४ बैशाख २०७९, शनिबार   १२ : ३१   बजे

काठमाडौं २४ वैशाख । हाँडेरोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाउनुभएका कवि तथा पत्रकार राजेन्द्र तारकिणीको उपचार सहयोगार्थ सहयोगको अपिल गरिएको छ । उहाँको उपचारका लागि सगरमाथा साहित्य प्रतिष्ठानले सहयोग सङ्कलन अभियान सुरु गरेको छ । तारकिणी साहित्य लेखन, पत्रकारिताका साथै चित्रकलामा समेत सक्रिय हुनुहुन्छ । उहाँको हाल काठमाडौँ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘कक्लियर इम्प्लान्ट सर्जरी’ को तयारी भइरहेको छ । यो उपचार सफल भएमा उहाँको श्रवणशक्ति पुनः प्राप्त हुने सम्बन्धित चिकित्सकको भनाइ छ ।

‘कक्लियर इम्प्लान्ट’ गर्नका लागि सुरुमै कम्तीमा १८ देखि २० लाखजति खर्च हुने चिकित्सकको भनाइ छ । शल्यक्रियापश्चात पनि वार्षिकरूपमा नियमित ‘म्यापिङ’ र अन्य थेरापीवापत थप ५०–६० हजार खर्च छुट्याइराख्नुपर्ने बताइएको छ । तारकिणी हाल न्यूज–२४ नेपालमा कार्यरत हुनुहुन्छ । उहाँका यसअघि नै तीनवटा साहित्यिक कृति प्रकाशित छन् भने नयाँ कविता सङ्ग्रह प्रकाशन हुने क्रममा छ । प्रतिष्ठानले सुरु गरेको अभियानमा सहयोग रकम जुट्ने क्रम जारी छ । अहिलेसम्म रु चार लाख ५० हजारभन्दा बढी रकमको कबोल आएको अभियान संयोजकसमेत रहनुभएका प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरले जानकारी दिनुभयो । राजेन्द्रप्रसाद पन्तको नाममा ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखामा रहेको खाता नं ०१०७०१००२४४९७ र एनआइसी एशिया बैंकको सुकेधार शाखामा रहेको खाता नं २८८७९३१०५८५२४००१ मा सहयोग गर्न सकिने छ ।

श्रवण अपाङ्गताका बाबजुद पनि साहित्य–कला र पत्रकारिताका माध्यमबाट राष्ट्रलाई योगदान दिइराख्नुभएका प्रतिभाशाली स्रष्टा तारकिणीको उपचारका लागि हातेमालो गर्ने उद्देश्यले सहयोेग सङ्कलन अभियान सञ्चालन गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । प्रतिष्ठानले तारकिणीको उपचारका लागि हरेक क्षेत्र, तह र तप्काबाट आर्थिक सहयोग प्रदान गरेर अभियानलाई सफल बनाइदिन आह्वानसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group