ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतद्धारा अतिक्रमित सुस्ताका २ केन्द्रमा ५ सयभन्दा कम मतदाता


एबीसी / संवाददाता
२४ बैशाख २०७९, शनिबार   ७ : ४८   बजे

काठमाडौँ, २४ बैशाख । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका २ मतदान केन्द्रमा ५ सयभन्दा कम मतदाता रहेका छन् । कम मतदाता रहेका केन्द्रमा सुस्ता-५ वनकट्टीस्थित पुष्पलाल आधारभूत विद्यालय छ । त्यहाँ २ सय ५७ मतदाता रहेको निर्वाचन अधिकृत खिमानन्द ज्ञवालीले जानकारी दिनुभयो ।

त्यस्तै कम मतदाता रहेको अर्को केन्द्रमा सोही वडाको जनता दलित आधारभूत विद्यालय छ । त्यहाँ ३ सय ३० मतदाता छन् । डुंगाबाट नारायणी नदी पार गरेर जानुपर्ने यो केन्द्रमा भारतीय पक्षले पटक-पटक अतिक्रमण गर्ने गरेको क्षेत्र हो । सुस्ता गाउँपालिकामा कुल २३ हजार ९ सय ५९ मतदाता छन् । जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका गरी ७ स्थानीय तह छन् ।  कुल २ सय ८३ मतदान केन्द्र र १ सय २१ मतदान स्थल रहेको जिल्लामा निर्वाचन सम्पन्न गराउनका लागि १४ सय १३ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रुद्र प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

१ केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, २ जना सहायक कर्मचारी र १ जना सहयोगी रहने छन् । ५ सयभन्दा कम मतदाता भएको केन्द्रमा ४ जना कर्मचारी रहने छन् । खटाइएका कर्मचारीहरू बैशाख २८ गतेसम्म सम्बन्धित केन्द्रमा निर्वाचन सामाग्री लिएर पुगिसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group