ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावी दौडधुपमा सभापति देउवा


एबीसी / संवाददाता
२५ बैशाख २०७९, आइतबार   ७ : ४६   बजे

काठमाडौँ, २५ बैशाख । चुनावमा विपक्षीलाई अन्तिम धक्का दिने र आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउने अन्तिम प्रयास स्वरुप नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायत दलका शीर्ष नेताहरु चुनावी सभामा व्यस्त छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा पार्टीले भोगेको हार र त्यसले पार्टीभित्रैबाट आफुविरुद्धको विरोधले शिक्षा लिनुभएका कांग्रेस सभापति शेरवहादुर देउवा यसपटक निर्वाचन केन्द्रीत चुनावी प्रचारमा आक्रामक ढंगले लागिरहनुभएको छ ।

सभापति शेरवहादुर देउवाले गत बुधबार मोरङको विराटनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभयो । नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको गृहनगर विराटनगर, जसलाई कांग्रेसजनले राजनीतिक तीर्थ मान्ने गर्छन । त्यहाँको चुनावी सभाबाट सभापति देउवाले आन्तरिक विवाद अन्त्य गरी पार्टी एकतावद्ध भएको सन्देश दिने प्रयास गर्नुभयो । त्यसलगत्तै चितवनको भरतपुर र काठमाडौंको चुनावी सभालाई सम्बोधन गर्नुभयो । सत्तारुढ पाँच दलीय गठबन्धनको नेतृत्व, कांग्रेसमाथि गठबन्धन आश्वस्त नभएको अवस्थामा देउवाको जोड विश्वास आर्जनमा केन्द्रीत रहने गरेको छ ।

शनिबार चुनावी दौडधुपलाई थप तिव्रता दिनुभएका देउवाले एकैदिन तीन जिल्लाको चुनावी कार्यक्रममा सहभागिता जनाउनुभयो । बिहान रुपन्देहीको बुटवल, दिउँसो तनहुको दमौली र सोही दिन अपरान्ह धनुषाको जनकपुरमा चुनावीसभामा बोल्नुभयो । त्यहाँ देउवाले गठबन्धनको विरोध गर्नेलाई पार्टीले कारवाही गर्ने चेतावनी दिनुभयो । आइतबार बिहान पोखरामा आयोजित गठबन्धनको संयुक्त चुनावीसभालाई सम्बोधन गर्नुभएका देउवा त्यही दिन दाङको तुलसीपुर र घोराही पुग्नुभयो । २७ गते मध्यरातीबाट सुरु हुने स्थानीय तह निर्वाचनको मौनअवधि अघिसम्म देउवाले सोमबार कैलालीको धनगढी र त्यसैदिन गृहजिल्ला डडेलधुरा पुगेर चुनाव प्रचार अभियान बिट मार्नुहुने छ ।

एकतातिर देउवालाई अघिल्लो निर्वाचनको बेहोरेको हारको बदला लिन नैतिक दवाब छ भने अर्कोतिर पाँच दलीय गठबन्धनबीच गरेको चुनावी तालमेल बाचा सही सावित गर्नुपर्ने चुनौती छ । गठबन्धनले अपेक्षित परिणाम हात पारेन भने त्यसको बाछिटाले देउवाको राजनीतिक निष्ठामा प्रश्न उठ्छ नै, पार्टीको साखमा धक्का लाग्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu