ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलालीमा युवा उम्मेदवारको पक्षमा जनलहर बढ्दो


एबीसी / संवाददाता
२७ बैशाख २०७९, मंगलबार   ११ : ५४   बजे

काठमाडौँ, २७ बैशाख । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीमा युवा उम्मेदवारको पक्षमा जनलहर बढेको छ । निर्वाचनमा कैलालीको धनगढीका धेरै युवाले नेतृत्व लिन चाहेका छन् भने युवाहरुकै पक्षमा जनलहर पनि बढ्दो रहेको छ । युवाहरुप्रतिको उत्साह बढ्दै जाँदा उम्मेदवारी पनि बढेको हो ।

कैलालीमा पार्टीको नेतृत्व लिन युवाहरुको सहभागिता बढेसँगै जनप्रतिनिधिका लागि पनि युवाहरुको आकर्षण बढेको छ । स्थानीय तहमा नेतृत्व लिनका लागि युवाहरु चुनावी दौडधुपमा छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को नेतृत्वका लागि ३२ वर्षीय गजेन्द्र शाही नेपाली कांग्रेसको तर्फबाट चुनावी मैदानमा छन् । कोरोनाकालमा सीमामै पुगेर खाना खुवाउने कार्यदेखि विभिन्न सेवा गर्दै आउनुभएका शाहीले राजनीतिलाई पनि सेवाकै रुपमा लिने बताउनुभएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को एक कार्यकाल सदस्य बनिसकेका ओम विक्रम चन्द पनि नेकपा एकीकृत समाजवादीबाट वडा अध्यक्षको दौडमा हुनुहुन्छ। युवाहरुमाझ लोकप्रीय चन्द विजयी भएपछि पहिलो कदम युवाकै पक्षमा हुने बताउनुभएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षका लागि शेरबहादुर महरा चुनावी मैदानमा हुनुहुन्छ । नेकपा एमालेबाट उम्मेदवार बनेका महराको प्राथमिकता पनि युवामै छ। विजयी भएपछि युवालाई सहकारीका माध्यमबाट स्वरोजगार बनाउन केन्द्रित हुने महराको तर्क छ ।

धनगढीमा मात्रै होइन् सुदूरपश्चिमका अधिकांश पालिका तथा वडाहरुमा ४० वर्षमुनिका युवाहरु उम्मेदवार बनेका छन्। यसरी राजनीतिमा युवाको आकर्षण बढ्नाले विकासले फड्को मार्ने अपेक्षा लिइएको छ।
जनताको विश्वास लिँदै राजनीतिलाई सेवाकै रुपमा लिइए पक्कै पनि परिवर्तन हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group