ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसपटकको निर्वाचनमा विद्रोही समूह निष्क्रिय, प्रहरीलाई राहत


एबीसी / संवाददाता
२७ बैशाख २०७९, मंगलबार   ७ : ४९   बजे

काठमाडौँ, २७ बैशाख । तीन दशकयता नेपालमा भएका हरेक चुनावमा कुनै न कुनै असन्तुष्ट समूह देखापर्ने गरेका थिए । सुरक्षा समस्यालाई ध्यानमा राखी क्षेत्रगत रूपमा चुनाव सम्पन्न गरिएका उदाहरण छन् । तर यो पटकको चुनावमा तीनवटै सुरक्षा निकायले कुनै चुनौती महसूस गरेका छैनन् । राजनीतिक शक्ति त के चुनाव लागेपछि पर्चा मिल्काउने जातीय संघसंस्था पनि यतिबेला निस्क्रिय छन् ।

सुरक्षा चुनौतीका दृष्टिले यो पटकको स्थानीय तह निर्वाचन सहज रहेको विश्लेषण गरिएको छ । चुनावको तिथीका विषयमा केही समयअघि स्वयं राजनीतिक दलहरू अस्पष्ट हुँदा नेताहरूबीच माथापच्ची भए बाहेक अन्य कुनै असन्तुष्ट स्वर सुनिएको छैन । यसअघिको घटनाक्रम हेर्ने हो मधेशमा च्याउसरि उम्रिएका असन्तुष्ट खेमा, पहाडमा देखिने जातीय संगठनले चुनाव भाँड्नुमा आफ्नो उपलब्धि ठानेर मतदातालाई आतंकित बनाउने प्रयास गर्थे । मधेश एजेण्डामा रमाउने राजनीतिक दलहरूले नागरिकताको मुद्दा अगाडि बढाएर चुनाव भाँड्ने प्रयास गर्ने गरेका थिए । अघिल्लो चुनावमा तराईका सशस्त्र विद्रोही समूहबाट सुरक्षा चुनौती रहेको प्रहरीले महसूस गरेको थियो ।

यो चुनावमा भने सुरक्षा निकायले सहज ढंगमा चुनावी अभियान सम्पन्न गर्ने आत्मविश्वास राखेको छ । यद्यपि आइपर्ने हरेक सुरक्षा चुनौतीका लागि तयारी अवस्थामा रहेको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसी बताउनुहुन्छ । सुरक्षाका दृष्टिले विघ्न बाधा आउन नदिन प्रहरीले आफ्नो तर्फबाट सम्पूर्ण तयारी पूरा गरी कार्यस्थलमा खटिसकेको जनाएको छ । चुनावको लागि तय गरिएको सुरक्षा कार्यविधिअनुसार मुलुकभरका मतदान केन्द्रमा म्यादी प्रहरी सहित ३ वटै सुरक्षा निकायका २ लाख ६५ हजार सुरक्षाकर्मी खटिने छन् । सुरक्षाकर्मीलाई सघाउन एक लाख म्यादी प्रहरी तैनाथ छन् ।

७५ हजार ५ सय नेपाली सेना फिल्डमा रहँदा नेपाल प्रहरी ६२ हजार र सशस्त्र प्रहरीका ३२ हजार जनशक्ति चुनावमा खटिएका छन् । प्रत्येक सुरक्षा संगठनले निर्वाचन सेल गठन काम प्रभावकारी बनाएका छन् । पहिलो घेरामा रहने नेपाल प्रहरीले सुरक्षा संयन्त्रको अलग-अलग प्रकारको सुरक्षा योजना बनाई केन्द्रिय निर्वाचन सेलमा प्रहरी वरिष्ठ उपरीक्षक, प्रदेश प्रहरी नायव उपरीक्षक र जिल्लामा प्रहरी निरीक्षकको कमाण्डमा ७७ वटै जिल्लामा सुरक्षा योजना बनाइएको छ ।

यता सशस्त्र प्रहरीले पनि आफना ३२ हजार जनशक्तिलाई निर्वाचन केन्द्रित सुरक्षा योजना अन्तर्गत खटाएको छ । निर्वाचन अवधिभर जेल सुरक्षाको दायित्व सेनाले सम्हालेको छ । अरुबेला राजनीतिप्रति असन्तुष्टि प्रकट हुने गरे पनि चुनाव नजिकिएसँगै माहोल हार्दिक बन्नु, मतदातामा उत्साह देखिनु मात्र हैन सुरक्षाको वातावरण सहज अनुभव हुनु लोकतन्त्रप्रतिको आस्था हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group