ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रमिकको समस्या सुन्न र समाधानका लागि दूतावासले साउदीको दमाममा कार्यक्रम गर्दै


एबीसी / संवाददाता
२८ बैशाख २०७९, बुधबार   १२ : २४   बजे

काठमाडौँ, २८ बैशाख । श्रमिकको समस्या सुन्न र समाधान गर्नका लागि साउदीमा रहेको नेपाली दूतावासले दमाम सहरमा श्रमिक सचेतना तथा गुनासो, समस्या सङ्कलन कार्यक्रम गर्ने भएको छ । साउदी अरबको पूर्वी क्षेत्रका विभिन्न सहरहरूबाट श्रमिकको समस्या र गुनासो धेरै आउने गरेको भन्दै दूतावासले त्यस क्षेत्रमा रहेका श्रमिकको समस्या समाधानका लागि दमाममा २० मे अर्थात् आउँदो जेठ ६ गते गुनासो तथा समस्या सङ्कलनको कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

दूतावासका अनुसार कम्पनीले इकामा नबनाइदिएको वा इकामाको म्याद सकिएपछि पनि नवीकरण नगरिदिएको वा हुरुव लगाइदिएको कारणले लामो समयदेखि नेपाल फर्किन नपाएको, कम्पनीले सम्झौता अनुसारको तलब र सेवा सुविधा नदिएको, काम गरेको समयको तलब पनि नपाएको समस्याहरू यो क्षेत्रबाट धेरै आइरहेको छ । यस्तै बिरामी पर्दा पनि उपचार नगरिदिने, छुट्टीमा घर जान नदिने, कम्पनीले अनावश्यक जरिवाना लगाउने, फर्जी कागजात बनाएर मुद्दा लगाइदिनेजस्ता समस्या पनि पछिल्लो समय साउदीमा बढेको छ । यस्ता समस्या बढ्न थालेपछि दूतावासले साउदीमा रहँदा श्रमिकले गर्न हुने र गर्न नहुने कुराहरूको बारेमा जानकारीका साथै साउदीको श्रम कानुन अनुसार पाउने हक अधिकारको बारेमा जानकारी दिन र दूतावासले प्रवाह गर्ने सेवाका बारेमा कार्यक्रम गर्न लागेको हो ।

दूतावासले यो कार्यक्रममा श्रमिक सचेतनाका साथै कम्पनीले इकामा नबनाइदिएको वा इकामा नवीकरण नगरिदिएको वा हुरुब लगाइएको कारण नेपाल फर्कन नपाएकाहरूलाई घर फर्कनका लागि एक्जिट भिसाको प्रक्रिया अघि बढाइदिने जनाएको छ । यस्तो समस्या भएका श्रमिकले आफ्नो राहदानीको सक्कल, राहदानीको फोटोकपी र इकामाको फोटोकपी साथमा ल्याउन पर्नेछ । अहिलेसम्म इकामा नै बनाएको छैन भने साउदी जाँदा त्यहाँको अध्यागमनले आफ्नो राहदानीको जुन पेजमा बोर्डर नम्बर लेखिदिएको छ त्यो पेजको फोटोकपी ल्याउन पनि दूतावासले अनुरोध गरेको छ । कम्पनीले करार सम्झौता अनुसारको तलब सुविधा नदिएको, काम गरेको तलब पनि नदिएको र ओभर टाइमको पैसा नदिने, बिदामा घर आउन नदिने र अलपत्र अवस्थामा राखेको छ भने पनि यस्ता समस्याको समाधानमा दूतावासले पहल गर्नेछ ।

कम्पनीले अनावश्यक जरिवाना लगाइदिएको जा फर्जी कागज बनाएर फसाएको छ भने पनि यही कार्यक्रममार्फत पनि दूतावासले समस्या समाधानका लागि पहल गर्ने जनाएको छ । यस्तो समस्या भएका श्रमिकले आफ्नो राहदानी र इकामाको फोटोकपी र आफ्नो सुपरभाइजरको वा कम्पनीको एचआर वा कफिलको सम्पर्क मोबाइल नम्बर लिएर कार्यक्रममा आउन भनेको छ । २० मे शुक्रबारका दिन अल असेम रेष्टहाउस फर फेस्टिभवल, अल फैसालिया, दमाममा दूतावासले कार्यक्रम गर्ने छ । समय भने बिहानको ७ बजेदेखि दिउँसोको ३ बजेसम्म तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group