ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बसपार्कमा दशैंको झल्को, १२ लाखले काठमाडौं छोड्ने अनुमान


एबीसी / संवाददाता
२८ बैशाख २०७९, बुधबार   ६ : ५३   बजे

काठमाडौँ, २८ बैशाख । स्थानीय चुनाव आउन २ दिन बाँकी रहँदा काम विशेषले काठमाडौं बसेका नागरिक मत दिन गाउँ फर्किने क्रम बढेको छ । दैनिक २० हजारका दरले उपत्यका छोडेको अनौपचारिक तथ्याङ्क छ भने चुनावकै लागि १२ लाखले उपत्यका छोड्ने अनुमान गरिएको छ ।

गोंगबुस्थित राजधानीको नयाँ बसपार्कमा सांस्कृतिक पर्व दशैंमा नदेखिएको उत्साह चुनावी पर्वमा देखिएको छ । विभिन्न राजनीतिक पार्टीले स्थानीय चुनावका लागि गृहजिल्ला जान चाहनेका लागि निःशुल्क बससुविधा दिएपछि बसपार्कमा मतदाताको ओइरो लागेको छ । दर्जनौं गाडी र बाक्लो भीडमा आफू जाने गाडीको भेउ नपाउँदा धेरै यात्रु अलमलिएका देखिन्थे । सम्बन्धित जिल्लाबाटै गाडीको बुकिङ भएकाले मेचीदेखि महाकालीसम्मका नागरिक बसपार्कमा भेटिए ।

मतमार्फत आफ्नो मन अरुलाई दिने जिम्मेवारी पूरा गर्न गाउँ जान पाएकोमा उनीहरू दङ्गदास छन् । एउटै भोटले हारजितको निर्क्योल गर्ने भएकाले पनि मताधिकार प्रयोग गर्नुपर्ने उनीहरू बताउँछन् । त्यसो त, निःशुल्क सेवा मिलाएका सरोकारवालाहरू भने खर्च गरेर मतदाता ओसारेको स्वीकार्दैनन् । आफूहरूले कर नगरेको र जान चाहनेहरूका लागि भने निःशुल्क गाडीको व्यवस्था मिलाएको उनीहरू बताउँछन् । त्यसो त कुनै दल वा उम्मेदवारको निगाहविना आफ्नै खर्च मताधिकार प्रयोग गर्न गृहजिल्ला जानेहरूको लर्को पनि उत्तिक्कै छ । ८० वर्ष छुन लागेकी नुवाकोटकी ठूलीमाया भोट हाल्नकै लागि एक्लो यात्रा गर्दैछिन् । चुनाव दशैंजस्तो रमाइलो लाग्ने उनको भनाइ छ ।

मतदानकै लागि थातथलो जान लागेकाहरू नागरिक अधिकार गुमाउन नहुने पक्षमा छन् । अहिलेको भन्दा आगामी दिन सुधारका लागि पनि मतदान गर्नुपर्ने उनीहरूको धारणा छ । पार्टी भन्दा पनि व्यक्ति छान्न आफूहरू जान लागेको उनीहरू बताउँछन् । यात्रुहरूको चाप बढ्दा बाहिरिने यात्रुको सामान लोड गर्ने मजदुरले पनि उतिक्कै काम पाएका छन् । उनीहरूलाई सामान मिलाउन भ्याइनभ्याइ छ । गाडीहरू सबै भरिभराउ भएको र २९ गतेको लागि अघिल्लो दिन विहानै बुकिङ भइसकेको उनीहरू बताउँछन् । पाँच वर्षपछि आफ्नो जनप्रतिनिधि चयनमा देखिएको मतदाताको उत्साहलाई लोकतन्त्र सबल बनाउने प्रमुख आधार मान्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group