ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वप्रधानमन्त्री भट्टराईले देखाए मत संकेत, हुनसक्छ जरिवाना


एबीसी / संवाददाता
३० बैशाख २०७९, शुक्रबार   १० : १७   बजे

काठमाडौँ, ३० बैशाख । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले मत संकेत सार्वजनिक गरेका छन् । शुक्रबार बिहान साढे ८ बजे गोरखाको पालुङटार नगरपालिका १ खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

भट्टराईले मतदान गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुक र ट्विटरमार्फत सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको तस्बिरमा मत संकेत प्रस्ट देखिएको छ । उनले मतदानपछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘गोरखा पानपास्थित अन्नपूर्ण माविको बुथमा बिहान ८:२५ बजे मतदान गरेर लोकतान्त्रिक अधिकार र कर्तव्य निर्वाह गरियो । सबैले मतदान गरौँ, स्थानीय लोकतन्त्र सुदृढ गरौँ ।’ मत संकेत सार्वजनिक गर्न नहुने कानुनी व्यवस्था रहेको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने व्यवस्था छ । त्यसो गरिएमा मतदान अधिकृतले जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ।

कसैले पनि मतपत्रमा मत संकेत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत संकेत स्थलमा मत संकेत नगरी त्यसभन्दा बाहिर गई मत संकेत गर्न वा मत संकेत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न हुँदैन, ऐनमा व्यवस्था गरिएको छ । त्यसो गरिएको अवस्थामा के भन्नेबारे उल्लेख छ, उपदफा (१) विपरीतको कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । भट्टराईले मेयरमा जनता समाजवादी पार्टीको चुनाव चिह्न छातामा मत संकेत गरेको प्रष्ट देखिएको छ । त्यस्तै, उपमेयरमा स्वस्तिक छाप लगाएको देखिएको छैन भने बाँकी पदमा पनि जसपाका उम्मेदवारलाई नै मतदान गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu