ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साइपल गाउँपालिकामा एमालेका उम्मेदवार विजयी : हालसम्म एमाले पहिलो र दोस्रो कांग्रेस


एबीसी / संवाददाता
१ जेष्ठ २०७९, आइतबार   ९ : ४५   बजे

बझाङ, १ जेठ । बझाङको साइपाल गाउँपालिकामा एमालेका मानबहादुर बोहराले ६७५ मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित हुनुभयो । गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मतसहित विजयी हुनुभएको छ । उहांका प्रतिस्पर्धी कांग्रेसका बाटु बोहराले ६१९ मत ल्याउनुभयो । यो पालिकामा वडानम्बर १ मा प्यानलसहित नेकपा एमालेका नरेन्द्र धामी बिजयी हुनुभएको छ । वडा नम्बर २ मा कांग्रेसका हरिलाल बोहरा विजयी भएका छन् भने वडानम्बर ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी हुनुभएको छ ।

यस्तै, वडानम्बर ४ मा नेपाली कांग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी हुनुभएको छ भने वडानम्बर ५ एमालेका जयपाल बोहरा प्यानलसहित विजयी भएको छ ।एमालेबाट यस अघि सोलुखुम्बुको खुम्वु पासाङल्हामु गाउँपालिकाको अध्यक्ष मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेकै टासी ल्हामु, मनाङको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घले, मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घले, मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरूङ, मुस्ताङको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्वर्वु गुरूङ र डोल्पाको से फोक्सुण्डो गाउँपालिका अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी हुनुभएको छ ।

त्यस्तै कांग्रेसबाट मनाङको नार्पा भूमी गाँउपालिका कोन्जो तेन्जीङ लामा, मनाङको नासोँ गाउँपालिकास् धनबहादुर गुरुङ, मुस्ताङको घरपोझङ गाउँपालिका मोहनसिंह लालचन, गुल्मीको रेसुङ्गा नगरपालिकामा खिलध्वनज पन्थी, गन्यापधुरा गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर कार्की, गुल्मीको गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापा, डोटीको बडीकेदार गाउँपालिका अध्यक्ष भैरवबहादुर साउद विजयी हुनुभएको छ ।

नेकपा एकीकृत समाजवादीबाट डोल्पाको छार्का साङतोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ, डोल्पाको काइके गाउँपालिका अध्यक्ष अंगदकुमार राना विजयी हुनुभएको छ । नेकपा माओवादी केन्द्रबाट डोल्पाको जगदुल्ला गाउँपालिका अध्यक्ष नारसिङ रोकाय र दैलेखको नौमुले गाउँपालिका अध्यक्ष छविराम सुवेदी वीजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group