ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभर ८ जिल्लाका सबै पालिकामा मत गणना सम्पन्‍न


एबीसी / संवाददाता
३ जेष्ठ २०७९, मंगलबार   ४ : ४१   बजे

काठमाडौँ — प्रदेश १ मा २ वटा जिल्लामा मत गणना सकिएको छ । वाग्मतीमा १ वटामा सकिएको छ । गण्डकीमा ३ वटा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा १/१ वटा जिल्लाको मत गणना सम्पन्‍न भएको छ ।हालसम्म ८ वटा जिल्लाको मत गणना सम्पन्‍न भएका छन् । जसमध्ये प्रदेश १ का २, वाग्मतीको १ , गण्डकीका ३, लुम्बिनी र सदूपरपश्चिमका १/१ जिल्लामा मतगणना सम्पन्‍न भएको हो । प्रदेश २ र कर्णाली प्रदेशका कुनै पनि जिल्लामा मत गणना सम्पन्न भएको छैन ।
प्रदेश १ को ताप्लेजुङमा कांग्रेस ४, एमालले ३ र माओवादी केन्द्रले २ वटा पालिका जितेका छन् ।

यस्तै, तेह्रथुम जिल्लाको पनि मतगणना सम्पन्न भएको छ । जिल्लाका ६ पालिकामध्ये कांग्रेस र एमालेले ३/३ वटा जिल्लामा जित हासिल गरेका छन् ।वाग्मती प्रदेशमा रसुवाका स्थानीय पालिकाहरूको मत गणना सम्पन्‍न भएको छ । जिल्लाका ५ वटा पालिकामध्ये कांग्रेसले ३ र एमालेले २ वटा पालिका जितेको छ ।गण्डकी प्रदेशको म्याग्दी, मनाङ र मुस्ताङ जिल्लाको मत गणना सम्पन्‍न भएको छ ।

म्याग्दीमा एमालेले ३ र कांग्रेसले २ वटा पालिकामा जित हासिल गरेका छन् ।मुस्ताङका ५ वटा पालिकामध्ये एमालेले ४ वटा र कांग्रेस एउटा पालिकामा विजयी भएको छ । मनाङमा २/२ वटा पालिका कांग्रेस एमालेले जितेका छन् ।लुम्बिनी प्रदेशको पूर्वी रोल्पाका ९ वटा पालिकामध्ये माओवादी केन्द्रले ७ र कांग्रेसले २ वटा पालिका विजयी भयो ।सुदूरपश्चिमको दार्चुलामा एमालले ५ र माओवादीले ४ वटा पालिका जित्यो ।

मधेस र कर्णाली प्रदेशको कुनै पनि जिल्लाको सबै पालिकाको मत गणना सम्पन्न भएको छैन । मधेस प्रदेशको महोत्तरी र रौतहट जिल्लाका कुनै पनि पालिकाको नतिजा आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु परिवर्तनको क्षतिको क्षतिपूर्ति विकसित देशले दिनुपर्छ : ओली

बेत्रावतीमा २०० घर बाढीले बगायो, स्थानीयको गुनासो– ‘राज्यको उपस्थिति देखिएन’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu