ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार सय २३ पालिकाको मतपरिणाम सार्वजनिक : कांग्रेसको १९४, एमालेको १२० र माओवादीको ८३


एबीसी / संवाददाता
४ जेष्ठ २०७९, बुधबार   १२ : ३२   बजे

काठमाडौं, ४ जेठ । पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म चार सय २३ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । एक सय दुई वटा नगरपालिका र तीन सय २१ वटा गाउँपालिका गरी चार सय २३ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।

कांग्रेस

सार्वजनिक मत परिणाम अनुसार अहिलेसम्म पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म एक सय ९४ वटा पालिकामा जितेको छ । ५५ वटा नगरपालिका र एक सय ३९ वटा गाउँपालिका गरी कांग्रेसले एक सय ९४ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको हो ।

यस्तै कांग्रेसले ४७ वटा नगरपालिकाको उपमेयर र एक सय ३९ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय ८६ ठाउँमा उपमेयर तथा उपाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले एक हजार ९ सय ३९ वटा वडामा अध्यक्ष जितेको छ ।

एमाले

पालिका चुनावको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले दोस्रो स्थानमा छ । एमालेले अहिलेसम्म २९ वटा नगरपालिका र ९१ वटा गाउँपालिका गरी एक सय २० वटा पालिकाको प्रमुख पद जितेको छ ।

एमालेले ३३ वटा नगरपालिकाको उपमेयर र ८९ वटा गाउँपालिकाको उपाध्यक्ष गरी एक सय २२ वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ । एमालेले एक हजार ५ सय ९ वटा वडामा अध्यक्षमा जित हासिल गरेको छ ।

माओवादी केन्द्र

चार सय २० पालिकाको नतिजा आउँदासम्म माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादी केन्द्रले अहिलेसम्म ९ वटा नगरपालिका र ७४ वटा गाउँपालिका गरी ८३ वटा पालिकाको प्रमुख पद जितेको छ ।

यस्तै माओवादी केन्द्रले १५ वटा नगरपालिकाको उपमेयर र ७६ वटा गाउँपालिकाको उपाध्यक्ष गरी ९१ ठाउँमा उपमेयर तथा उपाध्यक्ष जितेको छ । माओवादीले आठ सय २१ वटा वडामा अध्यक्ष पदमा जितेको छ ।

नेकपा (एकीकृत समाजवादी)

नेकपा एकीकृत समाजवादीले एउटा नगरपालिका मेयर र ५ वटा गाउँपालिकामा अध्यक्ष जितेको छ । त्यस्तै एकीकृत समाजवादीले चार वटा नगरपालिकाको उपमेयर र ९ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

स्वतन्त्र/अन्य दल

निर्वाचन आयोगका अनुसार स्वतन्त्र तथा अरु दलबाट गरी अहिलेसम्म १५ जना पालिकाको मेयर तथा अध्यक्षमा विजयी भएका छन् । जसमध्ये जनता समाजवादी पार्टीले ५ वटा गाउँपालिकाको अध्यक्ष पदमा जित निकालेको छ । राष्ट्रिय जनमोर्चाले तीन वटा गाउँपालिकामा अध्यक्ष जितेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई वटा पालिकामा जितेको छ । नेपाल मजदुर किसान पार्टीले एक नगरपालिकामा मेयर जितेको छ । अरु चार वटा स्वतन्त्र रहेका छन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र तथा अन्य गरी २ वटा नगरमा उपमेयर तथा ९ वटा गाउँपालिकामा उपाध्यक्ष गरी ११ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group