ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

९ वटा उपमहानगरको मतगणना सकियो, जनकपुरधाम र तुलसीपुर बाँकी


एबीसी / संवाददाता
९ जेष्ठ २०७९, सोमबार   २ : ४८   बजे

काठमाडौं । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको नतिजा सार्वजनीक भैरहेको छ । निर्वाचन आयोगका पछिल्लो विवरण अनुसार ११ वटा उपमहानगरपालिका मध्ये ९ वटा उपमहानगरको मतगणना सकिएर अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

धनगढी उपमहानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । उनले नेपाली कांग्रेसका नृपबहादुर वडलाई दोब्बर मतान्तरमा पराजित गरेका हुन् । आँप चुनाव चिह्नबाट हमालले २६ हजार ८ सय ६५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वतमान मेयर वडले १४ हजार ८ सय १७ मत प्राप्त गरे ।

उपमयेयरमा एमालेकी कन्दकला राना विजयी भएकी छन् । रानाले १५ हजार ४ सय ७९ मत प्राप्त गर्दै माओवादीकी शान्तिकुमारी अधिकारीलाई पराजित गरेकी हुन् ।हेटौंडा उपमहानगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामा २३ हजार ७५ मत ल्याई विजयी भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार अनन्‍त प्रसाद पौडेललाई २ हजार १ सय ६७ मतान्तरले पराजित गरेकी हुन् । पराजित अनन्‍त प्रसाद पौडेलले २० हजार ९ सय ८ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजेश बानिया ३२ हजार ५ सय ९३ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार सुमित्रा काफ्‍लेले २३ हजार ९ सय ९ मत ल्याएकी छन् ।

बुटवल उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार खेलराज पाण्‍डेय ३० हजार २ सय ४९ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार बाबुराम भट्टराईलाई ७ हजार ५ सय ३१ मतान्तरले पराजित गरेका हुन् । पराजित बाबुराम भट्टराईले २२ हजार ७ सय १८ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार सावित्रादेवी अर्याल २५ हजार ६१ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उम्मेदवार चीनबहादुर गुरुङले १७ हजार २३ मत ल्याएका छन् ।

नेपालगंज उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार प्रशान्त विष्ट २३ हजार ४ सय ६० मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार पशुपति दयाल मिश्रालाई ११ हजार ७ सय ८५ मतान्तरले पराजित गरेका हुन् । पराजित पशुपति दयाल मिश्राले ११ हजार ६ सय ७५ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार कमरुद्दीन राई १७ हजार ९ सय ५० मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार शान्तिदेवी ढकालले १० हजार ९ सय १५ मत ल्याएकी छन् ।

धरान उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई २० हजार ८ सय २१ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार किशोर राईलाई ४ हजार ७ सय ६२ मतान्तरले पराजित गरेका हुन् । पराजित किशोर राईले १६ हजार ५९ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार अइन्द्रविक्रम बेघा २० हजार ५ सय १० मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार पदमप्रसाद लिम्बुले १७ हजार ६ सय ६ मत ल्याएका छन् ।

इटहरी उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार हेम कर्ण पौडेल ३३ हजार ४९ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार यामकुमार चुङ्गवाङ सुब्बालाई ५ हजार १८ मतान्तरले पराजित गरेका हुन् । पराजित यामकुमार चुङ्गवाङ सुब्बाले २८ हजार ३१ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार संगीताकुमारी चौधरी ३२ हजार ४ सय ३६ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उम्मेदवार केशवकुमार विष्‍टले १८ हजार ३१ मत ल्याएका छन् ।

घोराही उपमहानगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार नरुलाल चौधरी ३१ हजार ७ सय २८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा पोख्रेललाई ५ हजार ३ सय ६० मतान्तरले पराजित गरेका हुन् । पराजित हेमराज शर्मा पोख्रेलले २६ हजार ३ सय ६८ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार हुमाकुमारी डिसी ३० हजार ४ सय ३ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगी क्षेत्रीले ३० हजार ३ सय ५४ मत ल्याएका छन् ।

कलैया उपमहानगरपालिका नेपाल कम्युनिष्ट पार्टी एमालेका विनोदप्रसाद साह विजयी भएका छन् । उनले २४ हजार १ सय ३९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश राय यादवले १८ हजार ५ सय ४० मत ल्याए ।

त्यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेका रौशन परविन निर्वाचित भएका छन् । उनले १९ हजार २ सय ५१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका प्रमोदप्रसाद गुप्‍ताले १८ हजार ३ सय २ मत ल्याए ।

जितपुर सिमरा उपमहानगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल १८ हजार ७ सय ४३ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार सरस्वतीदेवी चौधरीलाई ९ सय ६४ मतान्तरले पराजित गरेका हुन् । पराजित सरस्वतीदेवी चौधरीले १७ हजर ७ सय ७९ मत ल्याएकी छन् ।

यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार भोलाप्रसाद अधिकारी १७ हजार ४ सय ९२ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार मेघा शाहीले १५ हजार ८ सय ४२ मत ल्याएकी छन् ।

तुलसीपुर र जनकपुरधाम उपमहानगरपालिका मतगणना जारी

तुलसीपुर उपमहानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार टिकाराम खड्का २० हजार ८ सय ९४ मतका साथ अग्रस्थानमा छन् । खड्कालाई पछ्याइरहेका नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ४० मत ल्याएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी १२ हजार २ सय ८३ मतका साथ अग्रस्थानमा छन् । सुडीलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका शिवशंकर साहले ९ हजार ३ सय ३ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

सम्बन्धित

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu