ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोइ त आइजीपी धिरजको धक्का ?


एबीसी / संवाददाता
१९ जेष्ठ २०७९, बिहिबार   ७ : ५७   बजे

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजीपी) धिरज प्रताप सिंहले कमाण्ड सम्हालेको १ महिना पुगेको छ । चुनौतीका बीचमा आइजीपी धिरजले कमाण्ड सम्हालेको १० दिनमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने पहिलो चुनौती थियो । स्थानीय तहको निर्वाचन पूर्वानुमान गरिएको भन्दा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

आन्तरिक रस्साकस्सीबीच आइजीपीको नेतृत्व सम्हाल्ने सौभाग्य पाएका धिरजले पहिलोपटक एकसाथ भएको स्थानीय तहको निर्वाचनको शान्ति सुरक्षा सफल रुपमा सम्हालेकोमा जस पाएका छन् । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाडले समेत निर्वाचनमा शान्ति सुरक्षा कायम गर्न सफल भएकोमा धन्यवाद दिएका छन् । नेतृत्व सम्हालेको पहिलो चुनौतीमा नै सफलता प्राप्त गरेकोमा धिरज खुशी नहुने कुरै भएन । तर, प्रतिपक्षी दलले प्रहरीमाथि गम्भीर प्रश्न पनि उठाएका छन् ।

सत्ता गठबन्धन अझ नेपाली कांग्रेसको पक्षमा खुलेआम साथ र समर्थन दिएको भन्दै प्रहरीको आलोचना भएको छ । प्रहरीले एउटा दलको नेताको समर्थनमा गरेको कामले भने प्रहरी यसपटकको विवादमुक्त रहन सकेन् ।

आइजीपी नियुुक्तिको विवाद सर्वोच्च अदालतमा छ । विवादका बीच धिरजले एक महिना नेतृत्व सम्हालिसकेका छन् । यो अवधिमा गरेका कामसहित भावी योजनाबारे जानकारी दिन उनले पत्रकारहरुलाई प्रधान कार्यालय बोलाएका थिए ।

औपचारिक रुपमा पत्रकार सम्मेलन भनिएपनि उनी पत्रकारहरुमाझ अनौपचारिक रुपमा भन्दै प्रस्तुत भएका थिए । उनी एआइजी सहकुल थापा र रविन्द्र धानुकको बीचमा बसेर आफ्नो कार्यकालको पहिलो महिनाको अनुभव सुनाइरहेका थिए ।

उनले अनौपचारिक रुपमा भनिएपनि धक फुकाएर बोल्न सकिरहेका थिएनन् । हुन त धिरज धेरै नबोल्ने प्रहरी अधिकारीमध्येमा पर्छन् । तर, आइजीपी भएपछि उनले केही नयाँ योजना प्रस्तुत गर्नका लागि पत्रकार सम्मेलन आयोजना गरिएको हो कि भन्ने पत्रकारहरुको अनुमान थियो तर उनले खास त्यस्तो केही बताएनन् ।

आइजीपी सिंहले नेपाल सरकारले सुम्पिएको जिम्मेवारीमध्ये हालै एकै चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको समयमा नेपाल प्रहरीका
कर्मचारीहरूले देखाएको व्यावसायिकताप्रति खुसी व्यक्त गरेका थिए ।

स्थानीय तहको निर्वाचनका बेलामा सिन्धुलीका एसपी बिमलराज कँडेलले गठबन्धनका कार्यकर्ता जसरी प्रस्तुत भएको विषयमा समेत पत्रकारहरुले प्रश्न उठाएका थिए । आइजीपी सिंहले त्यसबारेमा गम्भीर ध्यानाकर्षण भएको र अव्यावसायिक कार्य भएकोबारे सूक्ष्मरुपमा विश्लेषण भइरहेको बताए ।

स्थानीय तहको निर्वाचनमा देखिएका दुर्बल पक्षलाई बिश्लेषण गरी कमजोरी देखिएमा सम्बन्धितलाई कारवाहीको दायरामा ल्याइने उनको भनाइ थियो ।

उनले आफ्नो भावी योजना खास त्यस्तो नभएको बताए । उनले प्रहरी संगठनको प्रमुख फेरिँदैमा प्राथमिकता नफेरिने भन्दै प्रहरी संगठनलाई सशक्त रुपमा अघि बढाउने बताए । उनले भने, ‘संगठन प्रमुख फेरिदैमा संगठनको प्राथमिकता फेरिदैन । शान्ति सुरक्षा कायम राख्नुका साथै बस्तुनिष्ठ अपराध अनुसन्धान, मानवअधिकारको संरक्षण, जघन्य अपराधको अनुसन्धानलाई प्राथमिकतामा राखेर अगाडि बढ्छु ।’

धिरजको ‘धक्कापूर्ण’ भावी योजना आउला कि ? भन्ने अपेक्षामा रहेका पत्रकारहरु चियापान गरेर फर्किए । धिरजले पत्रकारहरुसित चियापान भेटघाट गरेको स्पष्ट बुझ्न सकिन्थ्यो ।

उनले अन्तिममा भने, ‘म यसो गर्छु र उसो गर्छु भन्नुभन्दा पनि सबै कामले पुष्टि गर्दै जान्छु । तपाईहरुले देखिहाल्नु हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group