ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश १ को नाममाथि छलफल गर्न एमालेले बनायो पाँच सदस्यीय समिति


एबीसी / संवाददाता
२६ जेष्ठ २०७९, बिहिबार   ५ : ५०   बजे

काठमाडौँ, २६ जेठ । प्रदेश १ को नामको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाँच सदस्यीय समिति बनाएको छ । बिहीबार बसेको एमालेको प्रदेश १ संसदीय दलको बैठकले पूर्व मन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको हो ।

गत फागुनमा मुख्यमन्त्री राजेन्द्र राईले नामकरणका लागि छलफल र समन्वय गर्न तत्कालिन सामाजिक विकास मन्त्री (हाल स्वास्थ्य मन्त्री) जयराम यादवको नेतृत्वमा समिति गठन गर्नुभएको थियो । समितिले फागुन १० गते सर्वदलीय छलफल गरेयता थप छलफल गरेको छैन । एमालेले गठन गरेको समितिले नामका विषयमा दलभित्र र अन्य दलसँग छलफल गर्नेछ । पाँच सदयीय समितिको सदस्यमा पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे र उषाकला राई, पूर्व उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत र प्रदेश सांसद अर्जुन राई छन् ।

समितिले शुक्रबारबाट नै छलफल थाल्ने समिति सदस्य जीवन घिमिरेले बताउनुभयो। ‘नामका विषयमा दल भित्र पनि एकमत छैन’, उहाँले भन्नुभयो, ‘दलमा छलफल गरेपछि अन्य दलसँग छलफल गर्छौं ।’ प्रदेश १ स्वास्थ्य मन्त्री जयराम यादवले एमालेले समिति बनाएपछि छलफल गर्न सहज हुने बताउनुभयो। ‘एमालेले पनि आज समिति बनाएको छ, हामी अब छलफल गर्छौं’, उहाँले भन्नुभयो, ‘बजेटपछि नामको विषयमा सदनमा छलफल गर्ने तयारी छ ।’ केही दिनअघि मुख्यमन्त्री राजेन्द्र राईले सार्वजनिक कार्यक्रममा ठूलो दल भएका कारण एमालेलाई नामका लागि छलफलको नेतृत्व लिन आग्रह गर्नुभएको थियो ।

९० जना सांसद रहेको प्रदेश १ मा एमाले ठूलो दल हो । एमालेले निष्क्रिय रहे प्रदेशको नाम राख्न बहुमत पुग्दैन । प्रदेश सभामा नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादी पार्टीका १०, जसपाका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १-१ जना सांसद छन् । एमाले र राप्रपाबाहेक अरु दल सरकारमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group