ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको मात्रै होइन, विश्वको कम्युनिस्ट आन्दोलन अत्यन्तै कमजोर भएको छ – मोहनविक्रम सिंह


एबीसी / संवाददाता

काठमाडौं । नेपालको कम्युनिस्ट आन्दोलनमा वैचारिक र सैद्धान्तिक पक्षमा अब्बल मानिने मोहनविक्रम सिंह अहिले पनि आफूलाई अर्ध भूमिगत बताउँछन् । नेकपाका नेता प्रचण्ड, किरणलगायतका राजनीतिक गुरु पनि मानिने सिंह नेकपा मसालका महामन्त्री हुन् । पार्टीका अर्ध भूमिगत नेता सिंह कम्युनिस्ट आन्दोलनका अग्रणी नेताका रुपमा चिनिन्छन् ।

नेकपा मसाल अर्ध भूमिगत भए पनि पार्टी निकटको संसदीय मोर्चाका रुपमा राष्ट्रिय जनमोर्चा संसद् र सरकारमा पनि सहभागी भइसकेको छ । नेता सिंह ८८ वर्षको उमेरमासमेत युवाहरु जस्तै राजनीति र साहित्य लेखनमा सक्रिय पनि छन् । उनै नेता सिंहसंग स्थानीय तहको निर्वाचन र पछिल्लो समय देशको राजनीतिक घटनाक्रम र परिस्थितका विषयमा न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंग आउटलुक कार्यक्रममा विषेश कुराकानीमा उनले नेपालको मात्रै होइन, विश्वको कम्युनिस्ट आन्दोलन अत्यन्तै कमजोर बन्दै गएको बताउछन् ।

उनले कुराकानीको क्रममा पहिलो कुरा त अहिलेको नेपालको मात्रै होइन, विश्वको कम्युनिस्ट आन्दोलन अत्यन्तै कमजोर भएको र त्यसमा विचलन आएको बताए । त्यसमा संशोधनवादी धार बढ्दै गएको प्रति उनले चिन्ता ब्यक्त गरे । संसारभर त्यही भइरहेको छ । जब कम्युनिस्ट आन्दोलन सही दिशा र विचारबाट विचलित हुन्छ, तब दक्षिणपन्थी र गलत दिशा समात्छ । र, त्यो जनता, मजदुर र किसानबाट अलग हुँदै जान्छ । त्यसकारण, समाजवादी देशको पनि पतन भयो । रुसमा कम्युनिस्ट पार्टीले दक्षिणपन्थी बाटो लियो । त्यसले नोकरशाही रूप लिँदै गयो । त्यहाँ पुँजीवादको स्थापना भयो र कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीको नै विघटन भयो । ठीक त्यही अवस्था यहाँ पनि छ, उनले भने ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com