ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको बीआरआइलाई काउन्टर दिने जी सेभेनको घोषणा


एबीसी / संवाददाता
१३ असार २०७९, सोमबार   १२ : ५९   बजे

काठमाडौँ, १३ असार । जी सेभेन राष्ट्रहरुले चीनको बेल्ट एण्ड रोड योजनालाई काउन्टर दिनका लागि ६ सय विलियन डलर खर्च गर्ने भएका छन् । जर्मनीमा आयोजित जी सेभेनको शिखर सम्मेलनले द पार्टनरशीप फर ग्लोबल इन्फ्रास्टक्चर एण्ड इन्भेष्टमेन्ट पीजीआइआई-नाम दिइएको योजना सार्वजनिक गर्दै उक्त रकम खर्च गर्ने घोषणा गरिएको हो ।  सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले पीजीआइआई योजना सबैका लागि हुने बताउनुभयो ।

सम्मेलनमा चीनको बीआरआइ योजनाले थुप्रै देशहरुलाई ऋणको पासोमा पारेको भन्दै आलोचना पनि गरिएको छ । यो कुनै सहयोग वा दान नभएको उहाँको भनाइ छ । यो एउटा विशुद्ध लगानी हो जसले सबैलाई फाइदा पुर्याउने उहाँको तर्क छ । पीजीआइआइले प्रजातन्त्रका लागि साझेदारी गर्दै ठोस उपलब्धि हासिलका लागि रकम खर्च गरिने पनि जी सेभेनका नेताहरुले बताएका छन् । आगामी पाँच वर्षमा ६ सय विलियन रकम जुटाएर निम्न तथा मध्य आय भएका देशहरुका पूर्वाधार आयोजनाहरुमा खर्च गर्ने बताइएको छ ।

योजनामा अमेरिका एक्लैले २ सय विलियन योगदान गर्ने घोषणा पनि गरेको छ भने युरोपेली युनियनले ३ सय विलियन युरो योगदान गर्ने घोषणा गरेको छ । चीनले बीआरआइ योजनामार्फत विभिन्न देशहरुमा पूर्वाधार क्षेत्रमा लगानी बढाउँदै गएपछि पश्चिमा देशहरु बीआरआईको काउन्टरमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

विश्वकप २०२६ : फ्रान्सको प्रभावशाली जित, स्पेन समूह विजेता, बेल्जियम शीर्ष स्थानमा, इजिप्ट अन्तिम ३२ मा

अन्तिम क्षणमा भिडियो सहायक रेफ्रीले तोड्यो इरानको सपना, इजिप्ट बराबरीसँगै अन्तिम ३२ मा, बेल्जियम समूह विजेता

डेम्बेलेको ३२ मिनेटमै ह्याट्रिक, नर्वेमाथि फ्रान्सको ४–१ को शानदार जित; विश्वकप उपाधिको प्रमुख दाबेदारको रूपमा बलियो सन्देश

सेनेगलको शानदार पुनरागमन : इराकलाई ५–० ले हराउँदै नकआउट सम्भावना जीवित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu