ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फ्रेन्च लिग वानमा पेरिस सेन्ट–जर्मेनको शानदार जित, ८–० को जित निकाल्यो


admin
४ माघ २०७४, बिहिबार   १ : ५३   बजे

काठमाडौं, ४ माघ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत गएराति भएको खेलमा लिग लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ ।

स्टार खेलाडी नेइमारको चार गोलको मद्दतमा पिएसजीले डिजोनलाई ८–० ले हराएको हो । पिएसजीका लागि एन्जल डी मारियाले दुई तथा एडिसन काभानी र केलियन एमबाप्पेले एक एक गोल गरे ।

घरेलु मैदानमा भएको खेलमा डी मारियाले चौथो र १५ औं मिनेटमा गोल गर्दै पिएसजीलाई सुरुवाति अग्रता दिलाए । २१ औँ मिनेटमा काभनीले गोल गरेपछि पिएसजीको अग्रता ३–० मा पुग्यो । काभानीले पिएसजीको सर्वकालीन सर्वा्धिक गोलकर्ताको कीर्तिमानमा बराबरी गरेका छन् । उनले पिएसजीका लागि सबै प्रतियोगितामा गरेर अहिलेसम्म एक सय ५६ गोल गरेका छन् ।

यो सन् २०१२ देखि २०१६ सम्म पिएसजीमा रहेर जाल्टन इब्राहिमोविचले बनाएको कीर्तिमानसंगको बराबरी हो । ४२ औं मिनेटमा नेइमारले व्यक्तिगत पहिलो गोल गरेपछि पिएसजीले पहिलो हाफमा ४–० को अग्रता लियो ।

नेइमारले दोस्रो हाफमा थप तीन गोल गरे । उनले ५७ र ७३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ७७ औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजीको अग्रता ७–० मा पुग्यो । ह्याट्रिक गरिसकेका नेइमारले ८३ औँ मिनेटमा पाएको पेनाल्टीको अवसरमा पनि गोल गर्दै पिएसजीलाई ८–० को जित दिलाए । नेइमारले पेनाल्टी प्रहार गरेपछि काभानी भने यहि खेलमा थप एक गोल गरेर क्लबको सर्वाकालीन सर्वाधिक गोलकर्ता बन्ने अवसरबाट वञ्चित भए ।

विजयी भएको पिएसजीको २१ खेलबाट ५६ अंक भएको छ । राति नै भएको खेलमा गुइन्गाम्पलाई २–० ले हराएको लियोन दोस्रो स्थानमा उक्लिएको छ र पिएसजी लियोन भन्दा ११ अंकले अघि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group