ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिब्बतको कुनै पनि मामिलामा नबोल्न भारतलाई चीनको चेतावनी


एबीसी / संवाददाता
२४ असार २०७९, शुक्रबार   ८ : १२   बजे

काठमाडौं, २४ असार ।  चीनले तिब्बतको कुनै पनि मामिलामा नबोल्न भारतलाई चेतावनी दिएको छ ।

तिब्बतका धर्म गुरु दलाई लामाको जन्मदिनको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएपछि चीनले धर्मगुरुलाई उचालेर चीनको आन्तरिक मामिलामा नजर नलगाउन चेतावनी दिएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले पत्रकार सम्मेलनमा तिब्बतको बारेमा बोल्दा भारतले चीनको आन्तरिक मामिला र चीनसँग भएका सम्झौताको स्मरण गर्नुपर्ने बताउनु भएको भारतीय एनडीटीभीले जनाएको छ ।

निर्वासनमा रहेका चीन विरोधी एक धार्मिक र विवादित व्यक्तिलाई भारत र अमेरिकाले उचालेर विवाद बढाउने काम नगर्न चीनले भारत र अमेरिकालाई चेतावनी दिएको खबरमा उल्लेख छ । यसैबीच इन्डोनेसियामा चलिरहेको जी–२० देशहरुको शिखर सम्मेलनको क्रममा भारतीय विदेशमन्त्री एस जयशङ्कर र चिनियाँ विदेशमन्त्री वाङ यी ले झन्डै एक घण्टा वार्ता गर्नुभएको छ ।

भारतीय विदेशमन्त्री जयशङ्करले पूर्वी लद्दाखको वास्तविक सीमा रेखा अर्थात एलएसीमा देखिएको विवाद शीघ्र समाधानका लागि आग्रह गर्नुभएको छ । विवाद समाधान गर्दा द्धिपक्षीय सम्बन्ध, परस्पर सम्मान र संवेदनशीलतालाई ख्याल गर्नुपर्ने जयशङ्करको भनाइ छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले वार्तामा सीमा विवाद समाधानको विषयमा महत्त्वपूर्ण कुराकानी भएको बताउनुभएको छ । भारतीय विदेश मन्त्रालयले पनि सीमामा देखिएका विवाद समाधान गरेर दुई छिमेकी देशबीचको सम्बन्ध थप बलियो बनाउनुपर्ने विषयमा समझदारी भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group