ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतमा अहिलेसम्मकै उच्च तापक्रम : मंगलबार लन्डनको तापक्रम ४० डिग्री सेल्सियस


एबीसी / संवाददाता
३ श्रावण २०७९, मंगलबार   ७ : २५   बजे

काठमाडौं, ३ साउन । बेलायतको राजधानी लन्डनमा सोमबार र मंगलबार हालसम्मकै अत्यधिक बढी तापक्रम भएको पाइएको छ । मौसम कार्यालयका अनुसार मंगलबारको तापक्रम अहिलेसम्मकै उच्च ४० डिग्री पुगेको छ ।

सन् २०१९ मा क्याम्ब्रिजमा ३८।७ सेल्सियस तापक्रम मापन गरिएको थियो, जुन बेलायतमा अहिलेसम्मकै उच्च मानिएको छ ।

बेलायतको करिब ८० प्रतिशत क्षेत्रमा सोमबार र मंगलबार ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने बताइएको छ ।मौसम कार्यालयले पहिलोपटक उच्चतम चेतावनी (रेड वार्निङ) जारी गरेको छ । मंगलबारसम्म लन्डन, म्यानचेष्टर, योर्कलगायत क्षेत्रको तापक्रम ४१ डिग्री सेल्सियस आसपासमा पुग्ने बताइएपछि यहाँको जनजीवन थप कष्टकर बनेको छ ।

यसैगरी वेल्स, स्कटल्याण्डका केही भाग र इंग्ल्याण्डका कयौं भागमा पनि सरकारले ‘एम्बर वार्निङ’ जारी गरेको छ । उच्च तापमानका कारण ज्यानको जोखिम हुने भनी अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सतर्क रहन यूके हेल्थ सेक्युरिटी एजेन्सीले चेतावनी दिएको छ ।

ट्रान्सपोर्ट फर लण्डनले सोमबार बिहान १० बजे अघिसम्म भूमिगत रेलमा १. ०६ मिलियन यात्रुले मात्र यात्रा गरेको जनाएको छ जुन गत साता यही समयमा भन्दा १८ प्रतिशत कम हो ।

त्यसैगरी बिहान १० बजेसम्म १. ०७ मिलियन मानिसले बस यात्रा गरेका थिए जुन अघिल्लो तुलनामा १० प्रतिशत थोरै हो ।अत्यधिक गर्मीका कारण बेलायतमा राष्ट्रिय संकट घोषणा गरिएको छ । उच्च तापक्रमका कारण ज्यानको खतरा हुनुका साथै गम्भीर प्रकृतिको रोगको समेत जोखिम हुनसक्ने बताइएको छ ।

मानिसहरूले आफ्नो दैनिकीमा परिवर्तन गर्नुपर्ने, पानी तथा बत्तीमा समस्या आउनसक्ने, मोबाइल फोनको नेटवर्कमा समस्या तथा सडक, रेल र हवाई सेवामा समेत ढिलाइ हुनसक्ने चेतावनी जारी गरिएको छ ।

सोही विषयलाई लिएर गत शनिबार बेलायती प्रधानमन्त्रीको कार्यालयमा कोब्रा बैठक डाकिए पनि प्रधानमन्त्री बोरिस जोन्सन भने उपस्थित भएनन्, जसका कारण उनी थप आलोचित बनेका छन् ।

बीबीसीका विश्व वातावरण संवाददाता नवीनसिंह खड्का पहिलोपटक इजोर र दोश्रो पटक आइबेरिया हुँदै ताप लहर ९हिट वेभ० उत्तरतिर आएको बताउँछन् । यसले फ्रान्स, पोर्चुगल, स्पेन र बेलायत बढी प्रभावित भएको छ ।

सन् २०२० मा बेलायतमा ताप लहरबाट दुई हजार जति मानिसको मृत्यु भएको थियो । यसपटक स्थिति झन् भयावह हुन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

वायुमण्डलमा हावाको लहर (जेट स्ट्रिम) पश्चिमबाट पूर्व बग्नुपर्ने तर एक टुक्रा समुद्रको माथि अड्किन गइ हिट पम्पको काम गरेर त्यसबाट पनि ताप छुटेकाले युरोप र बेलायतमा यति विघ्न गर्मी भएको पत्रकार खड्काको बुझाइ छ ।

सन् १८५० को दशकमा औद्योगिक क्रान्ति सुरु भएयता पृथ्वीको तापक्रम एक दशमलव एक प्रतिशतले बढेको छ । ‘पृथ्वीको तापक्रम यति थोरै बढ्दा त यो हालत छ भने यो शताब्दीको अन्त्यतिर तीन प्रतिशत बढ्ने आकलनले भविष्यमा यसको प्रभाव निकै प्रतिकुल हुने निस्चित छ’, खड्काले भने ।

बेलायतका घर जाडो याममा न्यानो हुने गरी बनाइएकाले गर्मी बढ्दै जाँदा जोखिम घर भित्रै रहे पनि हुन सक्ने खड्काले बताए ।पहिला पहिला एक दुई पटक गर्मी बढ्दा ठिकै लागे पनि अब जलवायू परिवर्तनले गर्मी झन् बढ्दै जाने चिन्ता थपिएको छ ।

सन् २०३० सम्म कार्बन उत्सर्जन ४० प्रतिशत घटाउने विकसित मुलुकको प्रतिवद्धता भए पनि यो झन् बढिरहेको अवस्था छ ।

जलवायू परिवर्तनका कारण तापक्रम बढ्ने क्रम जारी रहेकाले यो विषय गहन रुपमा लिनुपर्ने विज्ञहरूको सुझाव छ । जलवायू परिवर्तनका सवालमा बेलायत सरकारले चालेका कदम आलोचित हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu