ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपछि ९१० जना बेपत्ता, ५१७ विदेशी नागरिक सम्पर्कविहीन


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ७ : १५   बजे

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीपछि ९१० जना बेपत्ता तथा सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार सम्पर्कविहीनमध्ये ५१७ जना विदेशी नागरिक रहेका छन्। त्यसैगरी नेपाली सेनाका ४४ जना र नेपाल प्रहरीका २८ जना पनि बेपत्ता तथा सम्पर्कविहीनको सूचीमा रहेका छन्।

प्राधिकरणले हालसम्म २५८ जनाको शव फेला परेको र ३५१ जनाको उद्धार गरिएको जानकारी दिएको छ। उद्धार गरिएकामध्ये घाइते तथा जोखिममा परेकाहरूलाई आवश्यक उपचार तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य भइरहेको जनाइएको छ।

यद्यपि, मृतकको संख्याबारे विभिन्न निकायले सार्वजनिक गरेका विवरणमा अन्तर देखिएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी तथा पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको संख्या २८९ पुगेको छ।

तथ्यांक अद्यावधिक हुँदै

विपद् प्रभावित विभिन्न जिल्लामा खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतक, बेपत्ता र सम्पर्कविहीनको संख्या निरन्तर अद्यावधिक भइरहेको छ। सुरक्षा निकाय, स्थानीय प्रशासन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न क्षेत्रबाट प्राप्त विवरण संकलन गरिरहेका छन्।

प्राधिकरणका अनुसार उद्धार कार्यलाई तीव्रता दिइएको छ भने बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सम्बन्धित निकाय परिचालित छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नारायणी नदी किनारमा १३० शव भेटिए, खोजीमा सुरक्षाकर्मीसहित स्थानीय परिचालन

भोटेकोशी बाढीबारे सभामुख अर्यालले संसद् सचिवालयका पदाधिकारीसँग गरे छलफल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नारायणी नदी किनारमा १३० शव भेटिए, खोजीमा सुरक्षाकर्मीसहित स्थानीय परिचालन

भोटेकोशी बाढीबारे सभामुख अर्यालले संसद् सचिवालयका पदाधिकारीसँग गरे छलफल

भोटेकोशीमा फेरि ठूलो बाढीको जोखिम, तटीय क्षेत्रमा ‘हाइ अलर्ट’ जारी

बर्दघाट नगरपालिकाले विपद् उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने

बाढीपीडितलाई २५ लाख रुपैयाँको कपडा दिने दीपा सिम्खडाको घोषणा

भोटेकोशी बाढी : जुम्लाका २० जना सम्पर्कमा आए, ५६ जना अझै सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu