ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाणिज्य बैंकको कर्जा विस्तार १२ प्रतिशत


एबीसी / संवाददाता
४ श्रावण २०७९, बुधबार   ११ : ५४   बजे

काठमाडौं, ४ साउन । लगानीयोग्य स्रोत (तरलता) अभावले आर्थिक वर्ष २०७८/०७९ मा बैंक तथा वित्तीय संस्थाको व्यवसाय वृद्धि सन्तोषजनक नभएको पाइएको छ । वस्तु आयातका लागि ठूलो मात्रामा रकम बाहिरिएका कारण बैंकहरूमा निक्षेप बढ्न नसकेको र सोही कारण व्यवसाय वृद्धि सन्तोषजनक नभएको बैंकका अधिकारीहरू बताउँछन् ।नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा १९ प्रतिशले वृद्धि गर्ने लक्ष्य लिएको थियो । तर, नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको कुल कर्जा लगानी १४.३९ प्रतिशतले मात्रै विस्तार भएको छ । निक्षेपको वृद्धिदर भने १०.४४ प्रतिशत मात्र छ ।

स्रोतको अभावले गत आर्थिक वर्षको मौद्रिक नीतिको लक्ष्य अनुसार कर्जा विस्तार नभएको नेपाल बैंकर्स संघको उपाध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी बताउँछन् । ‘शोधनान्तर घाटा बढ्दै गएपछि स्रोत हुने कुरै भएन’ बैंकर केसी भन्छन्, ‘पछि सेयर धितो कर्जा कडाइसँगै लगानी भएको कर्जा पनि राष्ट्र बैंकले तोकेको सीमा मिलाउन मार्जिन कल गर्नुपर्ने अवस्था भयो त्यसले पनि कर्जा केही घट्न पुग्यो ।’

आर्थिक वर्ष २०७७/७८ को अन्तिममा बैंकिङ प्रणालीमा रहेको पर्याप्त तरलताले गर्दा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाले ‘एग्रेसिभ’ कर्जा विस्तार गरेका थिए ।

२०७७ फागुनबाट कोभिड(१९ महामारी नियन्त्रण हुँदै जाँदा बैंकहरुले कर्जा विस्तारलाई तीव्रता दिए । कर्जा विस्तार र कोभिडले रोकिएको आर्थिक गतिविधि विस्तार हुँदै जाँदा फागुन, २०७७ बाट नै वृद्धि भएको आयात २०७८ पुसमा नियन्त्रण नगर्दासम्म लगातार बढिरह्यो । तर बैंकबाट लिएको ऋणबाट व्यवसायीहरूले सामान आयात गर्दा देशभित्र पुँजी निर्माणमा सहयोग पुगेन र निक्षेप बढ्न सकेन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu