ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली छड पहिलाेपटक भारत निर्यात, श्री स्टिलले पठायाे ३५ टन छड


एबीसी / संवाददाता
४ श्रावण २०७९, बुधबार   १२ : ४२   बजे
भैरहवा, ४ साउन । सिमेन्टपछि नेपालबाट पहिलोपटक भारत छड निकासी भएको छ । बुधबार रुपन्देहीस्थित श्री स्टिलले उत्पादन गरेको फलामे डन्डी (छड) बेलहिया नाका हुँदै भैरहवा भन्सार कार्यालयबाट भारतका लागि  निकासी भएको हो ।

चालू आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट, डन्डी, प्रशोधित पानी र जुत्ताचप्पलमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था ल्याइएसँगै पहिलोपटक श्री स्टिलले डन्डी निकासी गरेको हो । यसअघि पाल्पा सिमेन्टले तानसेन ब्रान्डको सिमेन्ट भारत निकासी गरेकाे थियाे ।

श्री स्टिलका सञ्चालक राजेशकुमार अग्रवालले ब्यूरो अफ इन्डियन स्ट्यान्डर्डबाट बिएसआई प्रमाणपत्र पाएपछि उद्योगबाट पहिलोपटक छड निकासी गरेको बताए ।

‘हामीले भारतको नौतनवास्थित एक फर्मलाई आज एक ट्रक पठाएका छौं, यो सुरुवात हो । कच्चा पदार्थ भारतबाट ल्याएर भारतमै निकासी गर्न सम्भव थिएन, सरकारले गरेको व्यवस्थामा नगद अनुदान भएपछि नै यो निकासी सम्भव भएको हो,’ उनले भने । भारतबाट नै स्पन्ज आइरन ल्याएर छड उत्पादन गरिँदै आएको छ । ४५० डलरमा किनेको स्पन्ज छड प्रोसेसिङ गरी ७५० डलरमा बिक्री हुँदै आएको छ ।

‘झन्डै १५ महिनापछि बिएसआई प्रमाणपत्र आयो जसले निकासीको बाटो खुलेको छ, हामीबाहेक अन्य उद्योगले पनि निकासीका लागि प्रक्रिया अगाडि बढाएका छन् । नेपालको लागि गौरवको काम हो, सरकारले चाँडै कार्यविधि बनाउनुपर्छ,’ अग्रवालले भने, ‘रुपन्देहीको रोहिणी गाउँपालिका-३ सेमरहवास्थित श्री स्टिल्स प्रालिले केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप र उमा ग्रुपको संयुक्त लगानीमा टिएमटी छड उत्पादन गर्दै आएको छ।’

कम्पनीले नेपालमै पहिलोपटक जापानी प्रविधिको स्वचालित प्लान्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको छ । जुन भूकम्प र अग्नि प्रतिरोधात्मक मानिन्छ । आकार र तौलमा एकरुपता श्री स्टिल्सका विशेषता हुन्।

प्रतिघन्टा ४० टन उत्पादन क्षमता रहेको उद्योगले हाल दैनिक आठ सय सय टन स्टिल, बिलेट उत्पादन गर्दै आएको छ। यो प्रविधि उच्च गुणस्तरयुक्त स्टिल रिवार उत्पादन क्षमता भएको जापानिज डिजाइनमा निर्मित सिक्स स्टन्ड ब्लक मिलबाट उत्पादन हुने नेपालको पहिलो ब्रान्ड हो। एक खर्बको छठ निर्यात गर्ने क्षमता उद्योगको छ ।

बलियो र गुणस्तर निर्माणसँगै  सरकारको समृद्ध मुलुक निर्माणको लक्ष्यमा टेवा पुर्याउने उद्देश्यका साथ सञ्चालित उद्योगले हालैको बजेटमा ल्याएको निर्यात नीतिअनुसार उद्योगले आफ्नो उत्पादन अर्को देश अर्थात् भारत निर्यातको शुभारम्भ गरेको छ ।

पहिलो लटमा एक ट्रकमा करिब ३५ टनसम्म टिएमटी छड पठाइको ब्रान् म्यानेजर दिपक शाहले बताए । ‘यो सुरुवात र सफलता केवल हाम्रो र उद्योगको मात्रै होइन, रुपन्देही जिल्ला, लुम्बिनी प्रदेश र राष्ट्रकै सफलता,’ उनले भने ।
काे मालवाहक ट्रक उद्घाटन गरि गन्तव्य तर्फ  पठाएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group