ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीज एयरबाट भैरहवा–आबुधावी सातामा ३ उडानको तयारी, जजिराले सातै दिन कुबेत उडाउने


एबीसी / संवाददाता
१२ श्रावण २०७९, बिहिबार   ५ : २६   बजे

काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिआइए) मा आगामी अक्टोबरबाट वीज एयरले साताको तीन उडानको तयारी गरेको छ।

बीच एयरले युएइको राजधानी आबुधावी–भैरहवा सिधा उडान गर्ने विमानस्थलका प्रवक्ता श्यामकिशोर शाहले जानकारी दिए ।

हंगेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको वीज सस्तो वायुसेवा कम्पनी भएको उनले बताए । वीज एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आबुधावी–भैरहवा गन्तव्यमा साताको तीन उडान गर्न अनुमति मागेको छ।

वीज एयरले अक्टोबर ३० बाट सातामा तीन उडान गर्न प्राधिकरणसँग अनुमति मागेको प्रवक्ता शाहले जानकारी दिए ।

उनका अनुसार वीज एयरले एयरबसको ३२१ निओ सिरिजको विमान सञ्चालनमा ल्याउने योजना बनाएको छ। एक सय ९० सिट क्षमताको यो जहाजले नेपालमा पहिलोपटक उडान गर्न लागेको हो । भैरहवा विमानस्थलबाट पछिल्लो समय श्रम गन्तव्यका मुलुकमा जानेहरू बढेका छन् ।

भैरहवा–कुबेत उडान गरिरहेको जजिरा एयरवेजले विमानस्थल सेवा शुल्क छुट पाएको छ। हाल जजिराले उडान गरिरहेको एयरबस ३२० निओ जहाजले सेवाशुल्क वापत करिब एक लाख रूपैयाँ छुट पाएको छ।

जजिराले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ। आगामी सेप्टेम्बर १५ तारिखबाट भने हप्ताको सातै दिन उडान गर्ने तयारी गरेको प्रवक्ता शाहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group