ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनलाई टक्कर दिन अमेरिकाले नेपाल सरकारसँगै नीजि क्षेत्रसँग सहकार्य गर्ने तयारी


एबीसी / संवाददाता
१५ श्रावण २०७९, आइतबार   ७ : ३४   बजे

काठमाडौं, १५ साउन । दोस्रो आर्थिक शक्ति चीनसँग टक्कर लिइरहेको अमेरिकाले नेपाल सरकारसँगै नीजि क्षेत्रसँग सहकार्य गर्ने तयारी गरेको छ।सरकारसँग अनुदान सहायता र साझेदारीका कार्यक्रमसँगै व्यापार र वाणिज्य प्रवद्र्धनमा भने अमेरिकाले नेपालको नीजि क्षेत्रसँग साझेदारी थालेको हो।

नेपालको पहिलो अमेरिकन चेम्बर अफ कमर्स (अमचेम) स्थापना भएको आठ महिनापछि शुक्रबार अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले यहाँको व्यापार र वाणिज्य क्षेत्रको प्रवद्र्धनमा अमेरिकाले तीन अर्ब डलर लगानी गर्ने बताएका छन्।‘अमेरिकी सहायक विदेशमन्त्री लुले व्यापार र वाणिज्य क्षेत्रको प्रवद्र्धनका लागि नेपालको नीजि क्षेत्रमा दुई–तीन अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता जनाए’, प्रधानमन्त्री सचिवालयका एक अधिकारीले भने, ‘त्यसबाट ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सकिने छलफल प्रधानमन्त्री देउवा र लुबीच भएको छ।’यसअघि पनि नेपालको नीजि क्षेत्रसँग अमेरिकाले साझेदारी गर्दै नै आएको थियो। तर चीनले व्यापार र उद्योगको क्षेत्रमा लगानी बढाएसँगै अमेरिकी लगानी बढ्न थालेको मानिएको छ।‘

अमेरिकाको निरन्तरको विकास सहकार्यका लागि धन्यवाद दिन चाहन्छु। आगामी दिनमा अझ उच्चस्तरको आर्थिक सहकार्यको अपेक्षा गरेको छु,’ प्रधानमन्त्रीले लुसँगको भेटपछि ट्विटमा भनेका छन्।मध्य र दक्षिण एसियाका लागि अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आएको अवसरमा अमेरिकी दूतावासले बिहीबार व्यवसायी तथा सरकारी नेतृत्व कर्ताहरूका साथ नेपालमा दिगो आर्थिक विकास प्रवद्र्धन गर्नेसम्बन्धी कार्यशाला गोष्ठी आयोजना गरेको थियो। जसमा दूतावासका कार्यबाहक राजदूत म्यानि पी. मिक्कलर, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले आफ्ना धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group