ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिरासतकी महिलालाई कोठामा लगेर बलात्कार गरेको आरोप लागेका असई निलम्बित


एबीसी / संवाददाता
१६ श्रावण २०७९, सोमबार   ११ : २०   बजे

बाँके, १६ साउन । बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका असई प्रविण चौलागाई निलम्बनमा परेका छन् ।बाँके प्रहरीका प्रवक्ता मधुसुधन न्यौपानेले बलात्कार आरोपमा मुद्दा दर्ता भएका असई चौलागाईलाई निलम्बन गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जानकारी दिए ।

‘निलम्बन गरेर अनुसन्धान सुरू गरिएको छ, ७ दिनको म्याद थपिएको छ’, उनले भने । ११ साउनमा बहुविवाहको आरोपमा थुनामा रहेकी एक महिलालाई असई चौलागाईंले कोठामा लगेर करणी गरेको आरोपमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

असई चौलागाईंले आफ्नो कोठामा लगेर यौन दुर्व्यवहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेपछि उनलाई निलम्बन गरेर थप अनुसन्धान अगाडि बढाइएको हो ।कोहलपुर प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत असई चौलागाईंले बहुविवाह मुद्दामा हिरासतमा रहेकी ती महिलालाई राति आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोप छ । थुनामा रहेकी महिलालाई आवश्यक शोधपुछका लागि भन्दै शुक्रबार मध्यराति दुई बजे हिरासतको माथिल्लो तलामा पुर्‍याएर सामान्य सोधपुछ गर्नुका साथै हातपात पनि गरेको आरोप लागेको छ । बर्दिया घर भएका चौलागाईँ ८ महिनादेखि इप्रका कोहलपुरको मुद्दा शाखामा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

सम्बन्धित

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu