ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अर्थमन्त्री शर्माको मातहतमा कुनै कर्मचारी बस्न चाँहदैनन्’


एबीसी / संवाददाता
२२ श्रावण २०७९, आइतबार   २ : २०   बजे

काठमाडौं, २२ साउन ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदिपकुमार ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माको मातहतमा कुनै पनि कर्मचारी बस्न नचाहेको दावी गरेका छन्।पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले शर्मामाथि गरिएको संसदीय विशेष छानवीन समितिको प्रतिवेदन तथ्यमा आधारित नभएपछि उनको मातहतमा अर्थ मन्त्रालयका कुनै पनि कर्मचारी बस्न नचाहेर भागाभागको स्थिति भएको जिकीर समेत गरे।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा रहेको बेला अर्थ मन्त्रालयमा अर्थ सचिवनै भाग्ने अवस्था आएको भन्दै यस्तो अवस्थामा पनि किन प्रधानमन्त्री शेरबहादुर देउवालाई नपोलेको भनि प्रश्न गरे। कुनै बेला अर्थ मन्त्रालयमा जानका लागि कर्मचारीहरु हानाथाप गर्ने गरेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले अर्थमन्त्री शर्माकै गतिविधिका कारण त्यहाँ कर्मचारी जान नचाहेको बताए। उनले भने, ‘अस्ती सार्वजनिक समाचार माध्याममा एउटा समाचार आएपछि मुलुकको राज्य प्रणाली, मुलुकको प्रशासन संयन्त्र र यो प्रशासन संयन्त्रलाई सरकारले कसरी चलाउन चाहिरहेको छ भन्नेबारेमा केही गम्भिर प्रश्नहरु उठे। त्यो सन्दर्भ थियो–अर्थ मन्त्रालयमा अर्थ सचिव भएर जान कोही पनि तयार भईरहेका छैनन्।

र, अहिले राजस्व सचिवको रुपमा भूमिका निर्वाह गरिरहनु भएका सचिवलाई नै अर्थ सचिवको जिम्मेवारी पनि दिइएको छ। कुनै बेला अर्थ मन्त्रालयले सरकारको सबैभन्दा राम्रो मन्त्रालय मानिन्थ्यो। र, त्यहाँ सचिवहरु जानका लागि हानाथाप जस्तै हुन्थ्यो। तर, आज यो सरकारको कतिपय क्रियाकलापहरुले त्यहाँ काम गरिरहेका सचिवहरु सरुवा माग्ने, अरु कर्मचारीहरु त्यहाँ बस्न नचाहने यो स्थिति सृजना भएको छ।उपमहासचिव ज्ञवालीले तत्कालीन अर्थमन्त्री शर्मामाथि गरिएको संसदीय छानवीन विशेष समितिको प्रतिवेदन अधुरो र अपुरो रहेकाले त्यसलाई मानेर जान नसकिने पनि स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group