ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा दर्शन


एबीसी / संवाददाता
२३ श्रावण २०७९, सोमबार   ८ : ५४   बजे

काठमाडौं, २३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी साउनको सोमबारका अवसरमा आज साँझ पशुपतिनाथ मन्दिर जानुभई दर्शन गरी बेलुकीको आरतीमा सहभागी हुनुभएको छ ।

मूल मन्दिरभित्र प्रवेश गर्नुभई राष्ट्रपति भण्डारीले गणेश, वासुकीनाथ, नवग्रहलगायत देवीदेवताको दर्शनसहित पशुपतिनाथ दर्शन विधिअनुसार दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

पशुपतिनाथ मूल मन्दिरमा बेलुकी नियमित हुने आरतीमा पनि उहाँ सहभागी हुनुभएको थियो । राष्ट्रपति भण्डारीले साउन महिनाको एउटा सोमबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्दै आउनुभएको छ । साउनको चौथो सोमबार आज विगतका सोमबारभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन् । आज बेलुकीसम्म पनि भक्तजनको भीड रहेको छ । बेलुकी पानी परेकाले भक्तजनलाई केही बाधा पुगेको थियो ।

पशुपतिनाथमा आज १६० जनाले विशेष पूजा गरेका छन् । साउनको सोमबार रु सात हजार ५०० को विशेष पूजाको रसिद काट्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७८८ पुग्यो

नारायणीमा भेटिएका पहिचान नखुलेका १०३ शव देवघाटको जंगलमा व्यवस्थापन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu