ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंका सडकमा थुप्रिएको फोहर भोलिसम्ममा उठाइसक्ने


एबीसी / संवाददाता
६ भदौ २०७९, सोमबार   ८ : ०५   बजे

काठमाडौं, ६ भदौ काठमाडौं  महानगरपालिकाले काठमाडौं उपत्यकाका सडकको छेउछाउमा थुपारेर राखिएको फोहर धमाधम उठाउन थालेको छ । बञ्चरेडाँडामा फोहर विसर्जन गर्न कुनै अवरोध नभए पछि थुप्रिएका फोहर धमाधाम उठाउन थालिएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकाका सडकमा थुप्रिएका फोहर उठाउन महानगरले नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखासँग सहकार्य गरेको छ ।

अहिले काठमाडौंको कमलादीमा क्षेत्रका सडकमा थुपारेर राखेका फोहर हटाइँदैछ । यस्तै, आजै कमलपोखरी क्षेत्रका फोहर पनि सङ्कलन गरिनेछ । भोलि छुटेका ठाउँहरुको अनुगमन गरी फोहर उठाइने उहाँले बताउनुभयो । महानगरपालिकाले अहिले कुहिने र नकुहिने फोहरलाई सडकबाट नछुट्याइ उठाएको छ ।

सडकका फोहर उठिसके पछि भने कुहिने र नकुहिने फोहरको वर्गीकरणलाई प्राथमिकता दिइने छ । अहिले घर घरमा फोहर लिन महानगरपालिकाका गाडी जान थालिसकेका छन् । अहिले दैनिक झन्डै दुई सय वटा फोहर बोकेका गाडी बञ्चरेडाँडा जाने गरेका छन् । गएको शुक्रवारदेखि काठमाडौंबाट नियमित रुपमा फोहर बोकेका गाडी बञ्चरेडाँडा गइरहेका छन् । दुई महिनादेखि थुप्रिएको फोहरका कारण उपत्यकामा दुर्गन्ध फैलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu