ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचनमा अन्तर्घातबारे माओवादीको छानबिन समितिले प्रचण्डलाई बुझायो प्रतिवेदन : समितिको प्रतिवेदनमा के छ ?


एबीसी / संवाददाता
६ भदौ २०७९, सोमबार   ३ : ५०   बजे

काठमाडौं, ६ भदौ, । ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा भएका अन्तर्घात छानबिन गर्न नेकपा माओवादी केन्द्रले बनाएको छानबिन समितिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ ।

सोमबार पार्टी कार्यालय परेसिडाँडमा आयोजित कार्यक्रममा संयोजक टंक राईले प्रतिवेदन बुझाएका हुन् । माओवादी केन्द्रको २५ असारको स्थायी समिति बैठकले राई नेतृत्वमा खिमलाल देवकोटा र मुक्ति प्रधान सदस्य रहेको छानबिन समिति गठन गरेको थियो ।प्रतिवेदन बुझ्दै प्रचण्डल प्रतिवेदनमाथि पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने बताए । ‘पदाधिकारीका बीचमा पनि छलफल गर्नेछौं’, उनले भने, ‘जरुरी प¥यो भने स्थायी समितिमा पनि छलफल गरेर निर्णयमा पुग्छौं ।’१५ दिन समय पाएको समितिले केही जिल्लामा स्थलगत अध्ययनमा जानुपर्ने भएका कारण समयमा प्रतिवेदन तयार पार्न नसकेको बताएको छ । छानबिन समितिले प्रदेश १ को उदयपुर र ताप्लेजुङ, मधेशको महोत्तरी र सिरहा, लुम्बिनीको बर्दिया लगायतका जिल्लामा स्थलगत अध्ययन गरेको थियो ।

के छ प्रतिवेदनमा ?

छानबिन समितिका संयोजक राईंले कसैलाई खेद्नका लागि नभई पार्टीलाई अनुशासित बनाउने गरी छानबिन गरेर प्रतिवेदन बुझाएको बताए । ‘पार्टी हितलाई, कम्युनिष्ट आन्दोलनलाई केन्द्रविन्दुमा राखेर छानबिन गरेका छौं’, उनले भने, ‘मान्छेहरुलाई पार्टीबाट खेद्नका लागि होइन । पार्टीप्रति प्रतिवद्ध बनाउन, पार्टीमा अनुशासित ढंगले लाग्ने बनाउने दृष्टिकोणबाट हाम्रो छानबिन र निष्कर्षहरु केन्द्रित छ ।’गल्ती गर्ने ठूला नेतालाई पनि कारबाहीको सिफारिस गरेको उनको भनाइ छ ।

‘हामीले भएको यथार्थ तथ्यलाई राख्ने कोसिस गरेका छौं’, उनले भने, ‘नेताहरुले उन्मुक्ति पाउने, कार्यकर्ता दण्डित हुने स्थिति हुँदैन । गल्ती गरेका ठूला नेता पनि कारबाहीको सिफारिसमा छन् ।’पार्टी कमिटीहरु विधिसम्मत नचलेको, उम्मेदवार छान्दा व्यापक छलफल नभएको लगायतका कारणले अन्तर्घात भएको पाएको संयोजक राईले बताए ।‘विधिसम्मत ढंगले कतिपय पार्टी कमिटीहरु नचेको, व्यापक छलफल र अन्तर्क्रिया नभएको यसले गर्दा व्यापक शंकाले समस्या उत्पन्न भएको देखियो’, उनले भने, ‘हामीले पार्टी कमिटी र पार्टी पंक्तिमा चुनाव अगावै यथेष्ट छलफल गर्नुपर्छ, उम्मेदवार बनाउँदा र उम्मेदवार बनाइसकेपछि पनि राम्रो संयोजन गर्नुपर्छ भन्ने सुझाव दिएका छौं ।’

माओवादी केन्द्रले स्थानीय चुनावका बेला विशेष गरी मधेश प्रदेशमा धेरै अन्तर्घात भएको बताउने गरेको छ । अन्तर्घातकै कारण देशभर ५० स्थानीय पालिकामा पराजय व्यहोर्नु परेको माअ‍ोवादीको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu