ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले केन्द्रीय कमिटीमा चार जनालाई मनोनयन गर्ने स्थायी कमिटीको निर्णय


एबीसी / संवाददाता
७ भदौ २०७९, मंगलबार   ८ : ५५   बजे
काठमाडौं, ७ भदौ । नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न पार्टी छाडेर नेकपा एमाले प्रवेश गर्ने चार जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले  दाङका जीवन गौतम, कपिलवस्तुका वृजेश गुप्ता, काठमाडौका धर्मदत्त देवकोटा र झापाका अमृतलाल राजबंशीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले आजको बैठकले गरेको निर्णय १० र ११ भदौमा हुने केन्द्रीय कमिटी बैठकमा पेश गरिने बताए । गुरुङका अनुसार आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय, अन्तर्राष्टिय स्तरमा भइरहेका घटना, गठबन्धन सरकारले गरेका क्रियाकलाप, ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बारे मन्तव्य राखेका थिए ।

यस्तै,  बैठकले राजनीतिक प्रतिवेदन बारे छलफल, केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेका निर्णय अनुमोदन, निर्वाचन मस्यौदा कार्यदलले गरेको काममाथि छलफल, निर्वाचन परिचालन कमिटीको जिम्मेवारी बारे पनि चर्चा गरेको छ । बैठकले पार्टीको वार्षिक बजेट पनि पास गरेको प्रचार विभाग प्रमुख गुरुले बताए ।

गुरुङका अनुसार अहिले नेकपामा प्रवेश गर्नेको लहर चलेको छ र यो लहरलाई व्यवस्थापन र उनीहरूको विवरण दुरुस्त गर्ने निर्णय पनि गरेको छ ।

आजकै बैठकले केन्द्रीय सल्लाहकारमा तीन जनालाई मनोनयन गरेको छ । काठमाडौंका कुलभक्त शाक्य, कास्कीका डिबी नेपाली र बाग्लुङका नवराज पौडेल केन्द्रीय सल्लाहकारमा मनोनयन भएका हुन् ।

बैठकले उम्मेदवार छानोटको प्रक्रिया र मापदण्डसम्बन्धी प्रस्ताव केन्द्रीय कमिटीको आगामी बैठकमा पेश गर्ने निर्णय पनि गरेको छ ।

हाल नेकपा एमालेमा आठ लाख ५५ हजार सात सय ५३ जना पार्टी सदस्य रहेको र यसमध्ये ५२ हजार पाँच सय ५० जनाको पार्टी सदस्यता नम्बर दोहोरिएको फेला परेको छ । यसलाई व्यवस्थापन गर्ने निर्णय पनि भएको छ  ।

बैठकमा गण्डकीबाहेक ६ प्रदेशका इन्चार्जहरूले अहिलेको शक्ति सन्तुलनको स्थिति र आ–आफ्ना प्रदेशमा पार्टी संगठनको गतिविधि कस्तो छ भनेर उनीहरूले रिर्पोटिङ गरेका छन् ।

स्थायी कमिटीका १३ जना सदस्यले पार्टी अध्यक्षको भनाइप्रति मन्तव्य राखेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu