ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आम निर्वाचनको सुरक्षाका लागि प्रहरीले माग्यो १६ अर्ब


एबीसी / संवाददाता
८ भदौ २०७९, बुधबार   ८ : ३८   बजे

काठमाडौ, ८ भदौ । मंसिर ४ गते हुने आम निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले १५ अर्ब ९६ करोड रुपैयाँ माग गरेको छ। देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका लागि प्रहरीले ७१ हजार ६९३ सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ। यसबाहेक थप सुरक्षाका लागि प्रहरीले एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले निर्वाचन सुरक्षार्थ खटिने प्रहरीको तलब भत्ता, खाना तथा खाजा खर्च र आवश्यक सवारीसाधन खरिद तथा भाडाका लागि आवश्यक बजेट माग गरिएको जानकारी दिनुभयो।

बजेट माग गरिएको मध्ये सबैभन्दा धेरै रकम म्यादी प्रहरीका लागि खर्च हुने जनाइएको छ। निर्वाचन सुरक्षाका लागि ४० दिन भर्ना हुने म्यादी प्रहरीका लागि तलब र आवश्यक सामग्री खरिदका लागि सात अर्ब ९१ करोड रुपियाँ आवश्यक पर्ने भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।प्रहरीबाट खटिने सुरक्षाकर्मीका लागि नियमित तलब, दैनिक भत्ता, खाना तथा खाजा खर्चका लागि चार अर्ब ९६ करोड रुपियाँ माग गरिएको छ। निर्वाचन सुरक्षामा परिचालन हुने प्रहरीलाई मतदान केन्द्रसम्म पु¥याउन र ल्याउनका लागि एक हजार ३७८ साना सवारीसाधन (पिकअप) सहित ११६ वटा बस भाडामा लिने तयारी भइरहेको जनाइएको छ। निर्वाचन स्थलको सुरक्षा गस्ती तथा उम्मेदवारको सुरक्षार्थ खटिने प्रहरीका लागि एक हजार ५९८ वटा मोटरसाइकल आवश्यक पर्ने जनाइएको छ। निर्वाचन सुरक्षाका लागि तत्काल आवश्यक ६८५ वटा विभिन्न प्रकारका सवारीसाधन तत्काल खरिदका लागि प्रहरी प्रधान कार्यालयले तीन अर्ब ४७ करोड ३५ लाख रुपैयाँ माग गरेको छ।

निर्वाचनलाई सुरक्षित र भयरहित रूपमा सम्पन्न गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेको छ।
उक्त सेलले देशभरका निर्वाचन केन्द्र तथा मतदान स्थललाई सुरक्षा अवस्थाको मूल्याङ्कन गरी अति संवेदनशील, संवेदनशील र सामान्य सुरक्षा चुनौतीका रूपमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा रणनीति तयार गरिरहेको छ।

कैदीलाई पनि मताधिकार

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पहिलो पटक कैदीबन्दीलाई मत हाल्न पाउने व्यवस्था गरिएको छ। देशभरका ७१ वटा कारागारमा विभिन्न अभियोगमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका एक हजार ९५४ महिला कैदीबन्दी र २४ हजार ४७५ पुरुष कैदीबन्दी गरी जम्मा २६ हजार १२९ कैदीबन्दीलाई कडा सुरक्षाबीच कारागारबाटै मतदानको व्यवस्था मिलाइनेछ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu