ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः खोटाङमा खेलाडी छनोट सुरु


एबीसी / संवाददाता
९ भदौ २०७९, बिहिबार   २ : ३१   बजे

भदौं ९ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङबाट १४ विधाका १५८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सितोरियो कराँते, फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेबलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका खेलाडी छनोट हुनेछन् ।

दश स्थानीय तह रहेको जिल्लाबाट भलिबलका १८, एथ्लेटिक्सका २२ र बुद्धिचालका चारजना खेलाडी छनोट भइसकेको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिनुभयो । तेक्वान्दोका २२ , टेबलटेनिसका चार, फुटबलका ३२ र ब्याडमिन्टनका सात जना खेलाडी बिहीबार र शुक्रबार सञ्चालन हुने छनोट प्रतियोगिताबाट छनोट हुने जनाइएको छ ।

यस्तै, भारोत्तलनका दुई, उसुका दश, बक्सिङका तीन, पौडीका दुई, शारीरिक सुगठनका एक र सफ्ट टेनिसका दुई खेलाडीले प्रदेशस्तरीय खेलमा सहभागी जनाउने जनाइएको छ । नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता पोखरामा आगामी असोज–२८ गतेदेखि कातिक–३ गतेसम्म सञ्चालन हुने छन् ।

प्रतियोगिताका लागि खोटाङमा अहिले दिक्तेलस्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा छनोट खेल सञ्चालन भइरहेको छ । नवौँ राष्ट्रिय प्रतियोगिताका लागि जिल्लास्तरीय छनोट तथा चौधौँ जिल्लास्तरीय कराँते प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइँले शुभारम्भ गर्नुभएको छ ।

प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटका लागि नेपाल सितोरियो कराँते सङ्घसँगको सहकार्यमा जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको छ । प्रदेशस्तरीय प्रतियोगिताका लागि खोटाङबाट सितोरियो कराँतेका २९ जना खेलाडी छनोट हुने आयोजकले जनाएको छ ।

जिल्लास्तरीय छनोट प्रतियोगिताबाट छानिएका खेलाडीले आगामी भदौ–१६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने छन् । सितोरियो कराँतेको प्रदेशस्तरीय प्रतियोगिता जिल्लामै हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group