ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूलीको बाढीले नुवाकोटको त्रिभुवन त्रिशूली मावि पूर्ण रूपमा क्षतिग्रस्त


ABC NEWS
१० भदौ २०८३, बुधबार   ४ : ४५   बजे

काठमाडौं । बुधबार बिहान त्रिशूली नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार बाढीले विद्यालयको सम्पूर्ण संरचना बगाउनुका साथै पुरिएको छ । प्ले ग्रुपदेखि कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा १ हजार ६ सय ४३ विद्यार्थी अध्ययनरत छन् ।

प्रधानाध्यापक दवाडीका अनुसार बाढीको सूचना पाएपछि प्रार्थनाको समयमा विद्यालयमा रहेका अधिकांश विद्यार्थीलाई तत्काल घरतर्फ पठाइएको थियो । तर उनीहरूमध्ये धेरैको अवस्था अझै यकिन हुन सकेको छैन ।

“सूचना पाएपछि मैले विद्यालयमा देखेका विद्यार्थीलाई बाहिर निकालेँ । विद्यार्थीहरू घर जाने भन्दै निस्किएका थिए । उनीहरूको अवस्था थाहा छैन,” दवाडीले बताए ।

उनका अनुसार हाल ७० जना विद्यार्थी आफूहरूसँगै सुरक्षित अवस्थामा रहेका छन् ।

विद्यार्थीको अवस्थाबारे जानकारी लिने प्रयास

बाढी विद्यालयतर्फ आउन थालेपछि प्रधानाध्यापकसहित विद्यालयका कर्मचारी बाहिरिएका थिए । केही विद्यार्थी घरतर्फ गइसकेका थिए भने कतिपय विद्यार्थी विद्यालय आउँदै गरेको हुन सक्ने वा घरमै रहेको हुन सक्ने भएकाले उनीहरूको अवस्थाबारे तत्काल यकिन हुन नसकेको विद्यालयले जनाएको छ ।

प्रधानाध्यापक दवाडीले विद्यार्थी तथा अभिभावकसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताए ।

बाढीले विद्यालयको संरचना नै बगाएर पुरिएपछि तत्काल क्षतिको विस्तृत मूल्यांकन गर्नसमेत कठिनाइ भएको छ । विद्यालयमा रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्तिमा समेत ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : ४७७ जना सम्पर्कविहीन, ७९ सुरक्षाकर्मीसहित ३८४ पर्यटक

भोटेकोशी बाढी : ६ जिल्लाका नदी तटीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा बाढी : ४७७ जना सम्पर्कविहीन, ७९ सुरक्षाकर्मीसहित ३८४ पर्यटक

भोटेकोशी बाढी : ६ जिल्लाका नदी तटीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

भोटेकोसी बाढी : एपीएफ अस्पतालमा १०० शय्या तयारी, नुवाकोटतर्फ ४५ जनाको उद्धार टोली परिचालन

भोटेकोसी बाढी : राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा पाँचबुँदे माग

भोटेकोसी बाढी : राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा पाँचबुँदे माग

रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख राहत रकम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu