ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढी : एपीएफ अस्पतालमा १०० शय्या तयारी, नुवाकोटतर्फ ४५ जनाको उद्धार टोली परिचालन


ABC NEWS
१० भदौ २०८३, बुधबार   ५ : ३५   बजे

 

काठमाडौं । रसुवामा आएको बाढीबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल (एपीएफ) ले उद्धार तथा स्वास्थ्य उपचारका लागि आवश्यक तयारी तीव्र बनाएको छ।

सशस्त्र प्रहरी बलअन्तर्गतको एपीएफ अस्पतालमा १०० शय्या तयारी अवस्थामा राखिएको छ भने आवश्यक स्वास्थ्यकर्मीको टोलीलाई पनि तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार कीर्तिपुरस्थित दंगा नियन्त्रण रेजिमेन्टबाट तीन प्लाटुन सुरक्षाकर्मी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा खटाइएको छ। आवश्यकताअनुसार उनीहरूलाई तत्काल प्रभावित क्षेत्रमा परिचालन गरिनेछ।

यसैगरी, सशस्त्र प्रहरीको २० नम्बर विपद् उद्धार उपत्यका गणबाट ४५ जनाको टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ। उक्त टोलीले प्रभावित क्षेत्रको अवस्था बुझ्नुका साथै आवश्यकताअनुसार खोज तथा उद्धार कार्यमा परिचालन हुने बताइएको छ।

उद्धार तथा राहतका लागि तयारी

रसुवाको पछिल्लो अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहे पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर सशस्त्र प्रहरीले जनशक्ति, स्वास्थ्य सेवा तथा उद्धार सामग्री तयारी अवस्थामा राखेको छ।

बाढी प्रभावित क्षेत्रमा आवश्यकता देखिए तत्काल थप सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी परिचालन गरिने सशस्त्र प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई फोन गरेर बाढीमा सहयोग गर्ने प्रतिबद्धता जनाए

भोटेकोसी बाढीमा घाइते ३५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई फोन गरेर बाढीमा सहयोग गर्ने प्रतिबद्धता जनाए

भोटेकोसी बाढीमा घाइते ३५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

Putin’s Kuril Islands Visit Highlights Stalled Japan Negotiations

Flash Flood From Rasuwa Travels Through Narayani River, Reaches Narayanghat

भोटेकोसी बाढी: आफ्ना मान्छे खोज्दै अस्पताल पुगिरहेछन् आफन्त

विपद्मा परेका नागरिकको जीवनरक्षा गर्न एमालेको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu