ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढी: आफ्ना मान्छे खोज्दै अस्पताल पुगिरहेछन् आफन्त


ABC NEWS
१० भदौ २०८३, बुधबार   ५ : ५५   बजे

रसुवा । भोटेकोसी बाढीका घाइते खोज्दै अस्पताल धाउँदै आफन्त, याङछिनको आँखामा आफ्ना मान्छेको पर्खाइ

रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा घाइते भएका ३५ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ।

उद्धार गरिएका घाइतेमध्ये ३० जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, तीन जनाको ट्रमा सेन्टर र दुई जनाको वीर अस्पतालमा उपचार भइरहेको छ।

बाढीपछि काठमाडौंमा रहेका आफन्तहरू भने आफ्ना परिवारका सदस्य घाइते भएर आएका छन् कि छैनन् भनेर अस्पताल धाइरहेका छन्। अस्पताल परिसरमा आफन्तको खोजीमा पुगेकाहरूको भीड देखिन्छ।

यस्तै, काठमाडौंमा बस्दै आएकी याङछिन तामाङ पनि आफ्ना आफन्तको खोजी गर्दै त्रिवि शिक्षण अस्पताल पुगेकी छन्। उनी यसअघि ग्रान्डी र ग्रिनसिटी अस्पतालमा समेत आफन्तको खोजीका लागि पुगेकी थिइन्।

याङछिनका अनुसार उनका ससुरा, सासू, दिदी–भिनाजुलगायत दर्जनभन्दा बढी आफन्त रसुवाको केरुङ नाकामा काम गर्छन्।

‘हाम्रा आफन्तहरू केरुङ नाकामै काम गर्ने हो। भाग्न सक्ने अवस्था थिएन रे,’ रुँदै उनले भनिन्, ‘हेलिकप्टरले मान्छे ल्याउँदा हाम्रो मान्छे पर्‍यो कि भनेर हेर्न आएको।’

भोटेकोसीमा आएको बाढीले रसुवामा ठूलो जनधनको क्षति पुर्‍याएपछि घाइते तथा बेपत्ताका आफन्तहरूमा चिन्ता बढेको छ। उद्धार गरेर काठमाडौं ल्याइएका घाइतेको पहिचान खुल्दै जाँदा आफन्तहरू अस्पतालमा आफ्ना मान्छेको खोजीमा पुगिरहेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २२ पुग्यो, ६५ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि नेकपाद्वारा केन्द्रीय समन्वय समिति गठन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २२ पुग्यो, ६५ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि नेकपाद्वारा केन्द्रीय समन्वय समिति गठन

भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई फोन गरेर बाढीमा सहयोग गर्ने प्रतिबद्धता जनाए

भोटेकोसी बाढीमा घाइते ३५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

Putin’s Kuril Islands Visit Highlights Stalled Japan Negotiations

Flash Flood From Rasuwa Travels Through Narayani River, Reaches Narayanghat

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu