काठमाडौं । भोटेकोसी बाढीमा परी घाइते भएका ३५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
सशस्त्र प्रहरीका अनुसार ३० जना घाइतेलाई त्रिवि शिक्षण अस्पताल ल्याइएको छ भने अन्य पाँच जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
शिक्षण अस्पतालमा ल्याइएका ३० जनामध्ये १० जनालाई हेलिकप्टरबाट सिधै अस्पताल पुर्याइएको थियो। थप २० जनालाई हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याई त्यहाँबाट एम्बुलेन्समार्फत अस्पताल पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल, नं. २० गणबाट विमानस्थलमा खटिएको सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङको टोलीले घाइतेलाई एम्बुलेन्समार्फत विभिन्न अस्पताल पठाएको हो।
त्यस्तै, तीन जना घाइतेलाई राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको छ। उनीहरू तीनै जना नुवाकोटका हुन्। घाइतेमध्ये दुई पुरुष र एक महिला रहेको ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले जानकारी दिएका छन्।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी रहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्