काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट टिमुरे, स्याफ्रुबेँसी, नुवाकोट, धादिङलगायत क्षेत्रमा भएको जनधन तथा भौतिक संरचनाको क्षतिप्रति राष्ट्रिय मुक्ति पार्टी नेपालले दुःख व्यक्त गरेको छ।
पार्टी अध्यक्ष राजेन्द्र महतोद्वारा जारी विज्ञप्तिमार्फत बाढीका कारण सम्पर्कविहीन नागरिक तथा सुरक्षाकर्मीको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग आग्रह गरिएको छ। साथै, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न पनि माग गरिएको छ।
विपद्को गम्भीरतालाई ध्यानमा राख्दै पार्टीले सरकारसमक्ष पाँचबुँदे माग अघि सारेको जनाएको छ।
पाँचबुँदे माग
- उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राखी तीव्रता दिनुपर्ने।
- प्रभावित नागरिकलाई तत्काल आवश्यक राहत उपलब्ध गराउनुपर्ने।
- घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने।
- विस्थापित परिवारको पुनर्स्थापना र उचित क्षतिपूर्तिको सुनिश्चितता गर्नुपर्ने।
- सम्भावित थप जोखिम न्यूनीकरणका लागि तत्काल आवश्यक पूर्वतयारी तथा सुरक्षा व्यवस्था मिलाउनुपर्ने।
पार्टीले विपद्को यस कठिन घडीमा सरकार, सुरक्षा निकाय र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी प्रभावित नागरिकको जिउधनको सुरक्षा तथा राहत–उद्धारलाई प्राथमिकता दिन आग्रह गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्